ताजा अपडेट

मोना सेन्दाई जापानले तीजको अवसरमा विविक्यु गर्ने

म्याग्दी ५ साउन । म्याग्दी प्रवासी नेपाली संघ(मोना) सेन्दाई, जापानले हरितालिका तीजको अवसरमा विविक्यु (साँस्कृतिक भेटघाट) कार्यक्रम गर्ने भएको छ । समितिको आइतवार बसेको बैठकले सेप्टेम्बर १ तारिकका दिन तीजको अवसरमा सेन्दाइ क्षेत्रमा रहेका म्याग्देलीहरुबिचको भेटघाटको लागि विविक्यु गर्ने निर्णय गरेको हो । अध्यक्ष कमल बानियाँको अध्यक्षतामा बसेको बैठकले सल्लाहकारमा... पुरा पढ्नुहोस

भाषा र प्रविधि सम्वन्धि पत्रकारलाई तालिम

म्याग्दी, ४ साउन । क्रियाशिल पत्रकारहरुलाई भाषा र प्रविधि सम्वन्धी दुईदिने तालिम बेनीमा संचालन गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा पत्रकारको क्षमता विकासका लागि तालिम संचालन गरिएको हो । साउन ४ र ५ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा भएको तालिममा शनिबार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक... पुरा पढ्नुहोस

पहिरो पन्छ्याएपछि बेनी–जोमसोम सडक सूचारु

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि शनिबार बिहानदेखि अवरुद्ध बेनी–जोमसोम सडक साँझदेखि सञ्चालनमा आएको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा प्रभावित भएको छ । सडक मर्मतपछि मुस्ताङतर्फ र जोमसोमबाट... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा लभ्लीहिल पदमार्गमा बृक्षारोपण

म्याग्दी, ४ साउन । म्याग्दी जेसिजले बेनी, मोना– लभ्लीहिल पदमार्ग वृक्षारोपण गरेको छ । बेनी नगरपालिका, मोना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा निर्माण गरिएको पदमार्गमा बृक्षारोपेण गरिएको हो । म्याग्दी जेसीजका अध्यक्ष खम थापामगरको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्तममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जय... पुरा पढ्नुहोस

गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी ४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक शनिबार बिहानै देखि अवरुद्ध बनेको छ । शुक्रबार राती खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा ठप्प भएको हो । पहिरो खसेपछि बेनीबाट मुस्ताङतर्फ र जोमसोमबाट... पुरा पढ्नुहोस

फलोअप : एसोशियसन अफ एग्रिकल्चरका कर्मचारी भन्छन– हामीलाई पनि ठगे

सन्तोष गौतम बेनी ४ साउन । कृषकलाई विउ र बिरुवा वितरण गर्ने बाहनामा रकम संकलन गरेर फरार भएका एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका सञ्चालकले आफूहरुलाई पनि ठगेको त्यहाँ कार्यरत कर्मचारीहरुले गुनासो गरेका छन् । म्याग्दी शाखा अन्तरगत सामाजिक परिचालक पदमा कार्यरत छ जना कर्मचारीहरुले पाँच महिनादेखि तलब... पुरा पढ्नुहोस

बेनीमा कार्यालय खोलेर कृषकको लाखौ ठगेर फरार

सन्तोष गौतम बेनी ३ साउन । विउ र बिरुवा वितरण गर्ने बाहनामा एसोशियसन अफ एग्रिकल्चर नेपाल (आन) नाम गरेको कम्पनीका कर्मचारीले म्याग्दीका कृषकहरुलाई लाखौ रुपैयाँ ठगेर फरार भएका छ् । सित्तैमा विउ, बिरुवा, अनुदानमा कृषि औजार, पशुपालन गर्नेलाई र्निब्याजी अनुदान दिने आश्वासन दिएर समूह बनाई सदस्यहरुबाट लाखौ उठाएपछि कर्मचारीहरु कार्यालय... पुरा पढ्नुहोस

आरन ब्यवसायीलाई औजार, उपकरण वितरण

  बेनी ३ साउन । म्याग्दीको मालिका गाउँपालिकाले परम्परागत आरन पेशालाई ब्यवसायिक र आधुनिकिकरण गर्नका लागि औजार, उपकरण वितरण गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा बिहीबार छ लाख रुपैयाँ मूल्य बराबरका औजार, उपकरण वितरण गरिएको हो । धातुका सामान र कृषि औजार... पुरा पढ्नुहोस

कृषिको बजेट किसानको हितमा भएन

  म्याग्दी, ३ साउन । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ । संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको छ । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच... पुरा पढ्नुहोस

अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग

बेनी २ साउन । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवस्थामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका... पुरा पढ्नुहोस