मानवसेवा आश्रम पोखराद्धारा म्याग्दीबाट ४ जनाको उद्धार

  • ८ मंसिर २०७६, आईतवार
  • धिरन खत्री
  • 3117 पटक पढिएको

म्याग्दी, ८ मंसिर । मानव सेवा आश्रम पोखराद्धारा म्याग्दीबाट चार जना मानिसको उद्धार गरेको छ । मानसिक सन्तुलन गुमाएका ४ जनाको उद्धार गरेको हो ।  धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ बर्षिय सुस्मीता विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ बर्षि मतिकला गर्वुजा र सदरमुकाम बेनीमा बेवारिस अवस्थामा ढुल्दै आएका एक थप ब्यक्तिलाई उद्धार गरिएको मानव सेवा आश्रमका गण्डकी प्रदेशका संयोजक र मानव सेवा आश्रम पोखराका संयोजक होमनाथ तिमिल्सीनाले बताए ।


मानसिक सन्तुलन गुमाएर कष्टकर जीवनयापन गर्दै आएका ब्यक्तिहरुको बारेमा संचारमाध्यम मार्फत प्रकाशन र प्रशारण भएपछि ओमकुमारी शान्तिकोषको संयोजनमा पोखराबाट आएका आश्रमका प्रतिनिधिहरुको टोली र ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी लगायतले जनप्रतिनिधिहरुको रोहवरमा उनीहरुलाई उद्धार गरेका हुन् । उद्धारमा मानव सेवा आश्रमका गण्डकी प्रदेशका संयोजक तिमिल्सीना, आश्रमका अभिभावक शिव खड्का र मानव सेवा आश्रम बागलुङ शाखाकी सुमिरा लामाको टोलीलाई बेनीमा कोषले औपचारिक रुपमा उनीहरुको संरक्षणको जिम्मा लगाएको थियो ।


कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले मानव सेवा आश्रम बेसाहारा भएका ब्यक्तिहरुको साहारा भएको बताए । उनले उद्धारमा खटिने टोलीलाई समेत धन्यवाद दिएका थिए ।
कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता र सहसचिव सन्दिप खत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l