पब्लिक भिजन केवलको साधारणसभा
- ७ मंसिर २०७६, शनिबार
- 1774 पटक पढिएको
म्याग्दी,७ मंसिर । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्थाको एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको साधारणसभामा बोल्ने बक्ताले डिजिटल सिस्टममा रुपान्तरीत भएपनि केवल नेटवर्क संस्थालाई दिनप्रतिदिन चुनौती थपिएको बताएका थिए ।
साधारणसभाको उद्घाटन गदैं ज्येष्ठ सदस्य अंगत श्रेष्ठले केवल नेटवर्कमार्फत ग्रामिण क्षेत्रसम्म सूचना प्रवाहमा सहज भएको बताए । उनले नयाँ प्रविधिसँगै केवलले समेत आफ्नो सेवालाई परिमार्जित गर्नुपर्ने बताए । साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष टंक हमालले प्रविधिको चूनौतीले सेयर सदस्यलाई प्रत्यक्ष असर गरेको बताए । साधारणसभाको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी बुद्धि बहादुर श्रेष्ठलाई नगद ५ हजार ५ रुपैया र दोसल्ला सहित सम्मान गरिएको थियो ।
साधारणसभामा कोषाध्यक्ष बिरबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । । कार्यक्रममा लाइन विस्तार गरिएका क्षेत्रमा केवललाई प्राथमिकता दिने, इन्टरनेट सेवा सञ्चालन लगाएत संस्थालाई प्रभावकारी बनाउन आवश्यक पर्ने क्षेत्रमा पहल गर्ने साधारणसभाले अनुमोदन गरेको संस्थाका प्रबन्धक नवराज पौडेलले बताए ।
अध्यक्ष हमालको अध्यक्षता, स्वागत उपाध्यक्ष लक्ष्मण शर्मा, सञ्चालन सचिव धुव्रराज कार्कीले गरेका थिए । २०६५ सालमा स्थापना भएको केवल नेटवर्कको कुल सेयर सदस्य ४०६ बाट १ करोड २५ लाख ५२ हजार सेयर पुँजी सङ्कनल गरेको छ । गत आर्थिक बर्षमा कुल ५२ लाख कारोबार गरेको केवलले बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सेवा विस्तार गरेको छ ।