गरिमा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

  • ७ मंसिर २०७६, शनिबार
  • 2995 पटक पढिएको

 

म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए ।

बैंकले हरेक वर्षको वार्षिकोत्सवको अवसरमा सामाजिक काममा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको गर्दै आएको छ । शाखा प्रवन्धक कमलप्रसाद ढुङ्गानाका सञ्चालन र प्रमुख अथिति बैंकका सञ्चालक डाक्टर भूपेन्द्रबहादुर खड्काले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजक सुरत केसी, जिल्ला अस्पतालका ल्याब टेक्निसियन अधिकृत यामबहादुर थापा, हस्पीटलका अन्य प्राविधिक सहयोग गरेका थिए ।


नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको हाल देशभर ९० ओटा शाखा सञ्चालनमा रहेका छन् । भने म्याग्दीमा ४ शाखाबाट सेवा दिदै आएको छ ।