‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको तयारी पुरा

  • ७ मंसिर २०७६, शनिबार
  • धिरन खत्री
  • 2240 पटक पढिएको

म्याग्दी ७ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा संचालन हुन लागेको १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको आयोजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।


जिल्लाका २० देखि २२ विद्यालय सहभागि हुने प्रतियोगिताको आर्थिक संकलन, प्रचारप्रसार, पूर्वाधार निर्माण, खेलकुद सामाग्री ब्यवस्थापन, छपाई लगायतका तयारी पुरा भएको १८ औ जेसिज कपका संयोजक हरी भण्डारीले जानकारी दिए । ९ गते सोमबार बेलुका म्याग्दी जेसिज सचिवालयमा गण्डकी प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा प्रतियोगिताको उद्घाटन् गरिने छ ।


जेसिज कप प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
जेसिजकप फुटवल प्रतियोगिताको नुमानित आय/ब्यय ७ लाख ९४ हजार बराबरको रहेको छ ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको जेसिजका अध्यक्ष खम थापामगरले बताए ।नरेश मोवाईलका प्रोपाईटर नरेश श्रेष्ठले १ लाख पाचहजार र रारा हार्डवयरका संचालक प्रिया कार्की खत्रीले १ लाख रुपैयाको चेक आर्थिक संयोजक हरी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

१८ औँ जेसिज कप फुटवल प्रतियोगिताको अवसरमा ७ औँ जेसीज कपका उतकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ईपेन तिलिजा, उतकृष्ट गोलरक्षक उमेश पुन र रेफ्रीको भूमिका निर्वाह गर्ने खड्क केसीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।


जिल्लामा जेसीजकप विद्यालयको लोकप्रिय खेलकुद प्रतियोगिता मानिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l