ताजा अपडेट

म्याग्दीकाली एफएमको ११ औँ बार्षिक उत्सब सम्पन्न

म्याग्दी १ बैशाख । म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लिद्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ । २०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना... पुरा पढ्नुहोस

नेपालमा कोरोनाभाइरसका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ  १ बैशाख। नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन् । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेसंगै संक्रमितको संख्या १४ पुगेको छ । योसँगै नेपालमा कोरोनासंक्रमितको कूल संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला... पुरा पढ्नुहोस

दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस

पाखापानीका वडा अध्यक्षको घरबाट गोली बरामद

म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह... पुरा पढ्नुहोस

वर्ग संघर्षको नविन आयाम

चन्द्रमान छन्त्याल म्याग्दी ३० चैत ।  कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई  आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)

कमल खत्री म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड... पुरा पढ्नुहोस

बेनी अस्पतालबाट पठाइएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’

म्याग्दी २८ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ ।   बेनी... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस

कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ

दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३... पुरा पढ्नुहोस

पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ

पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन... पुरा पढ्नुहोस