म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख बजेट

  • १३ आश्विन २०७७, मंगलवार
  • 1425 पटक पढिएको

 

म्याग्दी, १३ असोज । म्याग्दी र मुस्ताङका पशुपन्छी पालक कृषकलाई ५ करोड १७ लाख २४ हजार रुपैया बजेट विनियोजन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले दूई जिल्लामा स्विकृत बार्षिक कार्यक्रम केन्द्र प्रमुख नारायण कुसुमले पत्रकारहरुको उपस्थितमा बजेटसहितको कार्यक्रम सार्वजनिक गरेका हुन् ।


पशुपालनलाई ब्यवसायिक र आत्मनिर्भर बनाउनलाई केन्द्रका लागि चालुमा ६ करोड २ लाख ९९ हजार रुपैयाँ बजेट मध्ये कार्यालय संचालनका लागि ८५ लाख ७५ हजार रुपैयाँ बजेट रहेको छ । पुजीगततर्फ २३ लाख ३० हजार रुपैयाँ रहेको छ । यस आर्थिक बर्षमा उन्नत नश्ल विकास, विकास, साना ब्यवसायिकक फार्म स्थापना तथा विस्तार, भेडाबाख्रा स्रोत केन्द्र स्थापना, पशुपन्छी विमा र फार्मलाई यान्त्रीकरणमा विकास लगायतमा पशुपन्छी ब्यवसाय प्रवद्र्धनमा ३ करोड १५ लाख ५० हजार रुपैया रहेको केन्द्रले जानकारी दिएको छ ।


कार्यालय पुर्वाधार निर्माण र आवश्यक सामाग्री खरिदमा २३ लाख, मत्स्य ब्यवसाय प्रवद्र्धनमा १३ लाख ५ हजार, पशु स्वास्थ्य कार्यक्रम अन्तरगत पशु पुर्ण खोप कार्यक्रमा ७० लाख रुपैया सहित ८३ लाख ९४ हजार रुपैयाँ बजेट रहेको केन्द्र प्रमुख कुसुमले बताए । पशु आहारा प्रवद्र्धन कार्यक्तममा १० लाख ५० हजार, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रममा ८ लाख ७० हजार, पशु आनुवंशिक श्रोत संरक्षण कार्यक्तममा २९ लाख, पशुपन्छी प्रवद्र्धन कार्यक्तममा ७ लाख रुपैया बजेट रहेको कार्यालयले सार्वंजनिक गरेको छ।

त्यस्तै कोरोनाबाट प्रभावित कृषि कार्यक्रममा १५ लाख ५० हजार, सुशासन तथा पारदर्शिता कार्यक्रमका लागि ६ लाख ५ हजार रुपैया रहेको छ । दुई जिल्लामा ब्यवसायिक रुपमा गाई, भैसी, बाख्रा भेडा, कुखुरा, चौरी, लगायतका पशुपालन गर्ने कृषकको ब्यवसायको विमा, खोप, विस्तार तथा कृषकलाई तालिम लगायतको कार्यक्रमका लागि रहेको बजेट रहेको छ ।