म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि

  • १५ आश्विन २०७७, बिहीबार
  • 1158 पटक पढिएको

म्याग्दी, १५ असोज । म्याग्दीमा थप तीन जनामा कोराेना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेन्टाईनमा बसेका तीन जनाको पीसिआर परिक्षण गर्दा कोराेना संक्रमण पुष्टि भएको हो । अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकमी , जोखिमयुक्त जिल्लाबाट आएका ब्यक्ति र शंकास्पद विरामीहरुसहित ४३ जनाको नमुना संकलन पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसिआर परिक्षण गर्न पठाइएको थियो । त्यसमध्ये भारतबाट अाएका ३ जनामा पोजोटिभ र अरु सबैको पिसिआर रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ ।


अन्नपुर्ण गाउँपालिका वडानम्वर ६ की ४५ बर्षकी महिला र सोही वडाका १८ बर्षका पुरुष र मालिका गाउँपालिका वडानम्वर ६ का २० बर्षका पुरुषमा कोराेना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिए। उनीहरुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई बेनीस्थित आईशोलेसन कक्षमा लगिने लम्सालले जानकारी दिए ।

यसैबिच कोरना संक्रमणा पुष्टि भएर आईसोलेसनमा बसेका बेनी नगरपालिका–३ भकिम्लेस्थित दुधेखोलाका युवासहित उनीसंग सम्पर्कमा रहेका १८ जना ब्यक्तिहरुकोे पिसिआर रिपोट नेगेटिभ आएको कार्यालयले जानकारी दिएको छ।

हालसम्म जिल्लामा १६२२ जनाको नमुना संकलन गरि पठाएको १५२४ जनाको रिपोट नेगेटिभ आएको छ । जिल्लामा हालसम्म ५३ जना कोरना संक्रमण पुष्टि छ, जसमध्ये ५० जना निको भएर घर फर्किएका छन् ।