ताजा अपडेट

विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै 

थम्मन थापा बागलुङ कात्तिक १५ । यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै... पुरा पढ्नुहोस

सतिस भण्डारीको नेतृत्वमा राखु समाज अष्ट्रेलिया गठन

म्याग्दी, १५ कात्तिक । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलिया गठन गरेका छन् । गत हप्ताको शनिबार राखुबासी युवाहरुको भेलाले सतिस भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरेका हुन् । समाजको उपाध्यक्षमा शिव रकाल, महासचिवमा पवन कटुवाल, सचिवमा गोकुल भण्डारी,... पुरा पढ्नुहोस

जलेश्वरमा डबल क्याप बोलेराे दुर्घटनाः एकजना बालिकाको निधन, ३ जना गम्भिर घाईतेको पोखरा रिफर

म्याग्दी, १४ कात्तिक । रघुगंगा गाउँपालिका– ६ पाखापानीबाट सदरमुकाम बेनी आउदै गरेको बोलेरो जीप बेनी– गलेश्वर सडक अन्तरगत जलेश्वरमा दुर्घटना भएको छ। शुक्रबार दुर्घटना भएको ध १ ज ८९६ नम्बरकोे डवल क्याप बोलेरो जीप सडकबाट अनियन्त्रीत भएर कालीगण्डकीमा खस्दा सवार अन्नपुर्ण गाउँपालिका– २ भुरुङतातोपानीकी रिया विकको निधन भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

रिजालको उपचारमा जुट्यो रु २ लाख ९१ हजार बढी सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा करिब ३ लाख सहयोग जुटेको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग... पुरा पढ्नुहोस

रिजालको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ५० हजार सहयोग

म्याग्दी ११ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोग जुट्न थालेको छ । सहयोग अभियान अन्र्तगत बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ५० हजार सहयोग गरेका छन् । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न... पुरा पढ्नुहोस

यस पटकको दशैँमा घरमै बसौँ, जहाँ छौँ, त्यहि बसेर पर्व मनाऔँ

चाडपर्वको समयमा स्वास्थ्य रहौँ । कोरोना महामारीको कारण यस बर्षको दशैँलाई घुलमिल र जमघटनभन्दा घरमै सिमित गरौँ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरि आफु, आफ्नो परिवार र समाजलाई कोरोना संक्रमणबाट बचाउन लागीपरौँ । बिजया दशमी २०७७ सालको हार्दिक मंगलमय शुभकामना । पुरा पढ्नुहोस

रुखबाट लडेर गम्भीर घाइते पिप्लेका रिजालको उपचारमा सहयोगको अपिल

म्याग्दी ८ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी असप्तालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा सहयोगको अपिल गरिएको छ । कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या... पुरा पढ्नुहोस

म्याग्दीका कोतमन्दिरमा फुलपाती भित्राइयो

म्याग्दी ७ कात्तिक । कोरोना संक्रमणको महामारीको कारण यसबर्ष म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न कोत मन्दिरमा औपचारिक कार्यक्रम नगरी फुलपाती भित्रयाइएको छ । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गेस्थित रहेको श्री बक्स गुल्म ल्याइएको फुलपाती बेनीको कोट मन्दिरमा भित्रयाइएको थियो । कोरोना संक्रमणको महामारीको... पुरा पढ्नुहोस

मुलुकभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौं ७ कात्तिक । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३... पुरा पढ्नुहोस

मंगलामा कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार

म्याग्दी, ७ कात्तिक ।  म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल तयार गरिएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल तयार गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘स्वास्थ्य चौकीमा नियमित... पुरा पढ्नुहोस