जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई न्यानो कपडा सहयोग

  • २४ पुष २०७७, शुक्रबार
  • 2212 पटक पढिएको

म्याग्दी २४ पुस । बेनी स्थित म्याग्दी बालगृहका बालबालिकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा सहयोग गरिएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–३ घर भइ हाल नर्बेमा रहनुभएकी गंगा लामगाडे (दिपिया)ले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गर्नुभएको हो । बालगृहमा रहेका १२ जना बालबालिकाहरुलाई उहाँले करिब रु १० हजार बराबरको ज्याकेट, स्वइटर, पाइन्ट लगायतका कपडा सहयोग गर्नुभएको हो ।

नेपाल बाल संगठनका सभापती राजेश शाक्यको उपस्थितिमा सहयोगदाता लामगाडेकी बहिनी गरीमा सुनारले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । चिसो याममा बालबालिकाहरुलाई न्यानो होस भन्ने उदेश्यले आफ्नो जन्मदिनको अवसरमा कपडा सहयोग गरेको सहयोगदाता लामगाडेले बताउनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै सभापती शाक्यले जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरि रचनात्मक कार्य गरेकोमा सहयोगदाता लामगाडेलाई आभार प्रकट गर्नुभयो । उहाँले सबै क्षेत्रबाट हुने रचनात्मक साथ र सहयोगकै कारण बालगृहको ब्यवस्थापन र सञ्चालनमा सहयोग पुगेको बताउँदै गृहको क्षमता बढाउनको लागि समितिले आबश्यक पहल गरेको जानकारी दिनुभयो ।