विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाको लागि जनतामाविको अपिल

  • २५ पुष २०७७, शनिबार
  • 1748 पटक पढिएको

म्याग्दी २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माविले विद्यालयका संस्थापक जग्गादाताको जिवनरक्षाका लागि सहयोगको अपिल गरेको छ । क्यान्सरबाट पीडित भई पोखरामा उपचार गराइरहनुभएका ६६ बर्षिय हस्तराम पुनको उपचारमा विद्यालयले सहयोग अपिल गरेको हो ।
आर्थिक अबस्था कमजोर रहेको र उहाँको परिवारको विद्यालयमा ठुलो योगदान रहेकाले विद्यालयले पुनको सहयोगार्थ आर्थिक संकलन अभियान सञ्चालन गरेको विद्यालयका प्रधानध्यापक गुन पुनले जानकारी दिनुभयो ।


तत्कालिन समयमा जग्गा अभाबको कारण विभिन्न स्थानमा सार्दै पठनपाठन गराउँदै आईएको अबस्थामा पुन परिवारले २०५० साल माघ १० गते रु ११ हजारमा १० रोपनी ३ आना १ पैसा २ दाम बराबरको जग्गा विद्यालयको भवन निर्माणको लागि उपलब्ध गराउनुभएको थियो ।

‘‘आफ्नो घरायसी समस्याहरुलाई थाँती राखेर पुन परिवारले विद्यालयको लागि ठुलो क्षेत्रफलको जग्गा दान दिनुभयो, उहाँहरुकै योगदानले आज जनता मावि व्यवस्थित रुपमा अघि बढेको छ, तर उहाँ जग्गादाता नै अहिले थलिनुभएको छ, यो समयमा हामी उहाँको उपचारमा सघाउन सबैलाई अपिल गर्दछौँ’’–प्रअ पुनले भन्नुभयो ।

विद्यालयले गाउँमा शिक्षाको विकास र आजको विद्यालयको अबस्थासम्म आइपुग्न पुन परिवारले गरेको योगदानको सम्मान र उहाँहरुले गाउँबासीलाई लगाउनुभएको गुण तिर्नका लागि समेत भूपू विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक लगायत स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले सक्दो सहयोग गर्न अपिल गरेको छ ।

उहाँको ४ छोरा ३ छोरी छन् । यदि देश बिदेशबाट सहयोग गर्न चाहनुहन्छ भने यसै बिद्यालयको श्री प्रभु बैँकको खाता नं. १६३०१११२२२५०००१९ मा जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ । हालसम्म सहयोग गर्नुहुने सहयोगीहरुको नामावली यस प्रकार छन् ः–
१. श्री जनता मा बि दग्नाम रु १०,०००।
२. श्री धनिलाल गर्बुजा बि ब्य स अध्यक्ष रु २०००।
३. श्री गुनबहादुर पुन प्रधानाध्यापक रु १५०५।
४. श्री मनदेबी दमै बि ब्य स सदस्य रु १०५०।
५. श्री दुर्गा गर्बुजा शि अ सँ सदस्य रु १००५।
६. श्री जीतमाया गर्बुजा शि अ सँ रु ५००।
७. श्री देब पुन बि ब्य स सदस्य रु ५०५।
८. श्री कुशकुमारी थजाली शिक्षक रु १०००।
९. श्री राजकुमारी गर्बूजा शि अ सँ अध्यक्ष रु ५०५।
१०. श्री बिष्णु पाइजा बि ब्य स सदस्य रु १००५।
११. श्री कृष्ण गर्वुजा बि व्य स सदस्य रु ३०००।