म्याग्दीनदीको सहायक खोला गुर्जा खोला थुनीयो
- ९ श्रावण २०७८, शनिबार
- 1608 पटक पढिएको
म्याग्दी ९ साउन ।
म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो तलाउ बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदिमा मिसिएको छ । ‘‘ पहाड खसेर खोला थुनिएको र ठुलो तलाउ बनेको खेतवारीको काममा गएका स्थानीयले खवर गरेका छन्, एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छ’’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिनुभयो ।