यूएईमा नेपाली समुदायको ब्याडमिन्टन मोह

  • ७ श्रावण २०७८, बिहीबार
  • 1129 पटक पढिएको

म्याग्दी, ७ साउन । नेपाल ब्याडमिन्टन कम्युनिटी युएई ( एन बि सी ) ले दोस्रो एनाबिसी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। पुरुष डब्बल विधामा खेलाडीको स्तर अनुसार चारवटा समुहमा बिभाजन गरि प्रतियोगिता संचालन गरेको थियो ।


२४ टिम सहभागि भएको प्रतियोगितमा लेभल ए पलसको विजेतामा सुमन उदय र मिलन थापा र उपविजेतामा प्रमित उदय र टक सुनार भएका थिए । त्यस्तै लेभल ए को विजेतामा शाहिल चन्द र सनिया चन्द र उपविजेतामा नरजङ्ग तामाङ र किरण खत्री भएका थिए ।


त्यस्तै वि पलस लेभलको विजेतामा सुर्य राई र प्रकाश खत्री र उपविजेतामा सुदिप कार्की र रुद्र थापा भएका थिए भने लेभल वि को विजेतामा खेम संग्रौला र भुवन आले र उपविजेतामा किशोर शाक्य र जिन शर्मा सफल भएको प्रतियोगिताका संयोजक एवम् एन बि सीका अध्यक्ष हिरा लाल श्रेष्ठले जानकारी दिए । खेलाडीले प्रतिस्पर्धात्मक खेलहरु प्रर्दशन गर्दै दर्शकलाई आनन्द दिलाएका थिए ।


प्रतियोगितामा उदयमान खेलाडीको रुपमा नर छन्त्याल भएका थिए । प्रतियोगितामा विजेता र उपविजेतालाई नगदसहित ट्रफी र प्रमाणपत्रले खेलाडीलाई सम्मान गरेको थियो । रोजगार र ब्यवसायको शिलशिलामा दुबै भएका नेपालीहरुले मिलेर विभिन्न संघसंस्था संचालन गर्दै विभिन्न खेलहरु आयोजना गर्दै प्रतिभाहरु उजागर गरेका छन् ।

एनाबिसी ब्याडमिन्टन प्रतियोगितालाई सफल बनाउन युएईका ब्यबसायीहरु ब्युटी किलिनिकका संचालक प्रकाश कार्की, टप एभरेष्ट जेनरल ट्रेडिङ एलएलसीका कमल गुरुङ र सुवु केसी, रिया मनि ट्रान्सफरका कमल क्षती र प्रमित उदय र पुरस्तम ओलीले आर्थिक सहयोग गरेका थिए ।