विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

  • १० श्रावण २०७८, आईतवार
  • 919 पटक पढिएको

 

म्याग्दी, १० साउन । म्याग्दीमा आर्थिक बर्ष २०७७÷०७८मा संघिय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३
करोड नौँ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२ प्रतिशत बजेट संघको खर्च भएको छ । त्यस्तै प्रदेशको पुजितर्फ कुल ६६ करोड ७८ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन मध्ये ५८ करोड ९९ लाख ९९ हजार ४०० रुपैयाँ वा ८८.२२ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक युक्तप्रसाद शर्माले बताए ।

चालुतर्फ संघको ३ अर्व १ करोड ३५ लाख २१ हजार ६५४ रुपैयाँ बजेटमध्ये २ अर्व ८४ करोड ३९ लाख २४ हजार ५७३ रुपैया बजेट वा ९४ प्रतिशत खर्च भएको छ भने प्रदेशतर्फ ४९ करोड ५० लाख ८ हजार बजेटमध्ये ३७ करोड १९ लाख ७१ हजार ६१६ रुपैयाँ बजेट वा ७५ प्रतिशत खर्च भएको कोष नियन्त्रक शर्माले जानकारी दिए ।

विकास अयाोजनाहरु दोस्रो चौमासिकमा सम्झौता हुनु, निर्माण व्यवसायी र उपभोक्ता समितिको ढिलासुस्ति र कोरोनासंगै हुने लगडाउनले जिल्लामा संचालित योजनाहरुमा खर्च अनुसारको विकासमा प्रगति हुन सकेको छैन् । जिल्ला स्थानीय तह, संघ र प्रदेशका कार्यालय, प्रशासनका कर्मचारीले कार्यतालिका अनुसार ब्यवहारमा नहुदाँ निर्माण ब्यवसायीलाई काम दवाव नदिदाँ योजनाहरु अलपत्र अवस्थामा छन् भने पहुँच र मिलमतोको आधारमा भुक्तानी लगेका छन् । आर्थिक वर्षको मसान्तमा हतारमा बजेट सक्ने उद्देश्यले मात्र गरिने खर्चले बेतिथि र भ्रष्ट्राचार बढाएको सरोकारवाला बताउछन् । बजेट खर्च गर्ने र प्रगति देखाउनेमा स्थानीयत तह र संघ र प्रदेशका कार्यालयको ध्यान छ । दिर्घकालीन उपलब्धीमा जिल्ला निर्वाचित जनप्रतिनिधि र कर्मचारीले ध्यान दिएका छैनन् । जसको असर जनताले भोग्नुपरेको छ ।

गत आर्थिक बर्षमा कुल २४ करोड ४१ लाख १६ हजार ५९२ रुपैया राजश्व संकलन भएको छ। संघितर्फ २१ करोड १६ लाख २० हजवार ९४४ रुपैयाँ र प्रदेशतर्फ ३ करोड २५ लाख ४४ हजार ९८१ रुपैया राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ। जिल्लामा राजनीतिक दल, जनप्रतिनिधि, जिम्मेवारी निकायको गैरजिम्मेवार बन्नाले बजेट कार्यकता पालनमा सिमित हुदाँ विकासको स्वरुपम बजेट अनुसारको हुन सकेको छैन् ।