एनआरएनए नर्वेका उपाध्यक्ष शाहीद्धारा बेनी अस्पताललाई अक्सिज सिलिण्डर सहयोग

  • ७ श्रावण २०७८, बिहीबार
  • 783 पटक पढिएको

म्याग्दी, ७ साउन । गैर आबसिय नेपाली संघ ( एनआरएनए ) नर्वेका उपाध्यक्ष जीवनबहादुर शाहीले म्याग्दीको बेनी अस्पतालाई चार थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । बेनी नगरपालिका- ४ डाडाखेत घर भई हाल नर्वेमा रहनुभएका शाहीले कोरोना संक्रमित विरामीको उपचारमा सघाउन सिलिण्डर सहयोग गरेका थिए ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको उपचारका लागि सहयोग पुग्ने उद्देश्यले शाहीले् बेनी अस्पताललाई ४० लिटर क्षमताको चार थान अक्सिजन सिलिण्डर सहयोग गरेका हुन् । शाहीले पठाउनुभएको उक्त समाग्रीको समन्वयकर्ता तथा युवा नेता भरतबहादुर रकालले बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेललाई हस्तान्तरण गरेका हुन् । डाक्टर कँडेलले सहयोगप्रति शाहीलाई धन्यवाद दिएका थिए ।

शाहीले भुकम्प र बाढी पहिरोले क्षति पुर्‍याएको समयमा जिल्लामा बिभिन्न बिद्यालय दिपक माबि पात्लेखेत , मुसुङ्ग डोले आधारभुत बिध्यालय बालमन्दिर आधारभूत बिध्यालय डाडाखेत , धौलागिरि माबि लगाएत का क्षेत्र मा सहयोग गर्दै आएका थिए ।