भकिम्लीबाट फर्कदा बेपत्ता भएका श्रेष्ठको खोजी गरिदिन परिवारको आग्रह

  • २८ कार्तिक २०७८, आईतवार
  • 1148 पटक पढिएको

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका- १ अर्जमका भिमबहादुर श्रेष्ठ आठ दिन देखि बेपत्ता भएका छन् । भकिम्लीबाट फर्कदा बेपत्ता भएका ५३ बर्षिय श्रेष्ठ परिवारको सम्पर्कमा आउन सकेका छ्रैनन् । जंगलको बाटो हुदै फर्किने क्रममा बेपत्ता भएपछि आफन्तले खोज्नेक्रममा बेपत्ता भएको ठाउँमा टोपी भेटिएको अर्जमका कणर् प्रधानले बताए । टोपी भेटिएको आसपासको झाडीमा आफन्त मिलेर खोजी कार्य गर्दा पनि नभेटिएको उनले जानकारी दिए ।


स्थानीयसहित आफन्तले प्रहरीलाई सम्पर्क गरेर हराएको दिनबाट खोजी कार्य गरेपनि बेपत्ता श्रेष्ठ भेटिन सकेको छैन् । श्रेष्ठको खोजी कार्यमा सुरक्षा निकाय, आफन्तजनमा खोजी गरिदिन परिवार आग्रह समेत गरेको छ ।