प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले सर्वसम्मत

  • २७ कार्तिक २०७८, शनिबार
  • 681 पटक पढिएको

 

म्याग्दी,२७ कात्तिक ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला केसी, प्रथम सचिवमा म्याग्दीका सन्तोष गौतम र कोषाध्यक्षमा कास्कीका विश्वराज सुवेदी चयन हुनुभयो ।

खुला सचिवमा कास्कीका सुनिल पाण्डे, सुवास अम्गाईं,सविन जिसी, महिला सचिवमा कास्कीका सूशीला क्षेत्री, जनजाति सचिवमा बिनाकुमारी थापा र दलित सचिवमा गुणराज रोका निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी खुला सदस्यहरुमा आश क्रोम्चे तमु, राजकिरण छत्कुल्ली, सन्दीप खत्री, सागर भण्डारी, प्रनिस गिरी, विमल आचार्य, रामजी आचार्य, दीपक आचार्य, सन्तोष परियार, लिलाधर गिरी, राजकुमार ढकाल, लक्ष्मी पंगेनी, उत्तमबहादुर घर्ती र मुरारी शर्मा रहनुभएको छ ।

महिला सदस्यमा सविता शर्मा र सरिता खत्री, दलित सदस्यमा लक्ष्मी सुनार र खगेन्द्र विक तथा जनजाति सदस्यमा शर्मिला रोका मगर चयन हनुभएको छ । नवनिर्वाचित समितिलाई पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस सेन्टरका प्रदेश इन्चार्ज त्रिभुवन पौडेलले सपथ गराउनुभएको थियो ।

प्रेस सेन्टरका केन्द्रीय संयोजक महेश्वर दाहाल, केन्द्रीय कार्यालय सदस्य विष्णु सापकोटा, खिलाबहादुर भण्डारी, बलराम थापा, सचिन रोका लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।प्रदेश अधिवेशनले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्थानीय र प्रदेश सरकारको विज्ञापन स्थानीय सञ्चार माध्यममा प्रकाशन प्रशारण गर्नुपर्ने लगायत १० बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ ।

प्रदेश अधिवेशनको अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र) स्थायी कमिटीका सदस्य जनार्दन शर्मा(प्रभाकर)ले उद्घाटन गर्नुभएको थियो ।