बालमैत्री शासन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया

  • २८ कार्तिक २०७८, आईतवार
  • 773 पटक पढिएको

म्याग्दी, २८ कात्तिक । बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले सामाजिक विकास कार्यालयले बाल मैत्री शासनसम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । कार्यालयले वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारी, वडा सचिव र गैससस्थित कार्यालयका कर्मचारीहरुको उपस्थितमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्वन्धी अन्तरक्रिया सम्पन्न गरेका हुन् ।


कार्यालय प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकका २०७८ को कार्यान्वयन गरेर स्थानीय तहको नीति, संरचना र व्यवहारमा बालमैत्री समाज निर्माणमा जनप्रतिनिधि र कर्मचारी जिम्मेबारी बनाउन सरोकारवालासंग अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो ।


̒जिल्लाका गाउँ र नगरपालिकालाई बालमैत्री बनाउन साधन र स्रोतमा बालबालिकको पहुच बढाउने, बालबालिका मैत्री शिक्षा, स्वास्थ्य लगायतका पुर्वाधार निर्माण र बालबालिका श्रम शोषण मुक्त समाज निर्माणका लागि सहजीकरण गरिएको गरिएको बताए । अन्तरक्रिया कार्यक्तममा बालमैत्री स्थानीय शासन निर्देशिका कार्यान्वयनका लागि तालिमममा उपस्थितविच १० प्रतिवद्धताहरु सार्वजनिक गरिएको थियो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका सम्वन्धी स्थानीय तहको भूमिका र कसरी कार्यान्वयन गर्ने सम्वन्धी बेनी नगरपालिकाका अधिकृत युवराज थापाले सहजीकरण गरेका थिए ।