नेपाली कांग्रेस प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

  • २७ कार्तिक २०७८, शनिबार
  • 855 पटक पढिएको

 

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीका अनुसार उपसभापति पदमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिव पदमा चक्रबहादुर केसी र रोशन पुन, उपसचिवमा विशाल खत्री र गणेश गर्वुजा निर्विरोध चयन भएका छन् ।


प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको सदस्यहरुमा टंक बहादुर हमाल, मोहन मल्ल, तारानाथ रेग्मी, गोपाल बाँनिया, धर्मराज शर्मा सुवेदी, चन्द शेरपुजा मगर, गोविन्द पुन, डिल बहादुर बरुवाल, सप्रम मल्ल, अनोद श्रेष्ठ, श्याम पुर्जा, निर्मला श्रेष्ठ, अमृतादेवी बानिायाँ, धनमाया विक, सृजना भट्टचन, पशुपति विक, टिकप्रसाद गौचन सर्वसम्मत चयन भएका छन् ।

पदको सपथ ग्रहण गर्दै सभापति छन्त्यालले सर्वसम्मत नयाँ कार्यसमिति चयन जिल्लाका नेता तथा निर्वाचन समितिलाई धन्यवाद दिएका थिए । निर्वाचित नयाँ कार्यसमितिको टिमले कम्युनिष्टको लालकिल्लालाई भत्काएर कांग्रेसको लालकिल्ला बनाउन लाग्ने प्रतिवद्धता छन्त्यालले गरेका थिए ।