कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंकप्रसाद पुन

  • २७ कार्तिक २०७८, शनिबार
  • 993 पटक पढिएको

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका-६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुनको ेनेतृत्वमा सम्वसम्र्मत नयाँ कार्यसमिति चयन भएको हो ।

मतदान अधिकृत सागरजिवी उपाध्यायका अनुसार कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन , तेजिन्द्र थापा, सचीवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल ,सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुन चयन भएका छन् ।

सदस्यहरुमा खगेन्द्र फगामी ,अनिल रोका मगर,नगेन्द्र मल्ल, देवेन्द्र रोका ,इन्द्र थापा ,याममाया सुवेदी ,शुसिला खड्का ,पुष्पा पौडेल घिमिरे, सर्मिला थापा, पिपला बुढा, धुव्रवकुमार खत्री, रबिना भट्टचन पुर्जा, छकेन्द्र पुन, खिम बहादुर पुर्जा, आशा बिक, थमन घिमिरे र पृजन भट्टचन रहेका छन् । प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत भएको छ।