ताजा अपडेट

रघुगंगा–१ बेगमा काँग्रेसले वडा अध्यक्षको उम्मेदवारमा फगामीलाई दोहो¥याउने

म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष बिलबहादुर फगामीलाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचैजना उम्मेदवारकाे नाम सिफारिस गरिएको हो । २०७४ को स्थानीय... पुरा पढ्नुहोस

राजनीतिमा महिलाको सहभागिता बढ्दै

गलेश्वर, २२ चैत । राजनीतिमा म्याग्देली महिलाको सहभागिता बढ्दै गएपनि उपल्लो तहका पदमा भने पुरुषकै वर्चश्व कायम छ ।जिल्लाको धवलागिरि गाउँपालिकामा बाहेक अन्य पाँचवटा स्थानीय तहका प्रमुखमा पुरुष र उपप्रमुखमा मात्र महिलालाई खुम्च्याइएकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने महिलाले प्रमुख पद पाउनुपर्ने माग बढ्न थालेको छ... पुरा पढ्नुहोस

महिलाहरु नेतृत्वमा आए पारदर्शीता र सुसासन कायम हुन्छ : अर्थमन्त्री

काठमाडौं, २२ चैत । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुसाशन भेटिने गरेको बताउनुभएको छ । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा बोल्दै अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताउनुभयो । ‘आत्मसम्मान सहितको आर्थिक निर्भरता प्रमुख... पुरा पढ्नुहोस

रघुगंगा–३ पिप्लेमा माओवादीबाट वडा अध्यक्षको उम्मेदवारमा चार जना आकांक्षी

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा वडा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)बाट चार जनाले दावेदार प्रस्तुत गरेका छन् । उम्मेदवार छनौटको लागि मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित पार्टी कार्यालयमा बसेको वडा कमिटीको बैठकमा अध्यक्ष पदमा चार जनाले आफ्नो दावेदारी प्रस्तुत... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस

बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, २१ चैत । बेनी नगरपालिका–८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको वडा कमिटिका सचिव बिष्णु गौतम सापकोटाले जानकारी... पुरा पढ्नुहोस

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

म्याग्दी २२ चैत । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने... पुरा पढ्नुहोस

बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, २२ चैत । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसँैमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि... पुरा पढ्नुहोस

दुर्गम गाउँको कथा : ‘अभाव र गरिबी’को भूमरीमा परेको परिवार (भिडियो रिपोर्ट सहित)

बेनी, २१ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ को दुर्गम बस्ती भेडिखाल्टा । यहि गाउँमा आश्रय लिएर बसेका छन रघुगंगा गाउँपालिका–८ कुईनेखानीका बसवीर विकका परिवार । आफ्नो घर नभएको र टहराको बसाई कष्टकर भएपछि विकको परिवार छिमेकी (माईति)गाउँमा ओत लाग्न पुगेका हुन् । उनीहरुको कुइनेखानीको बारी पहिरोले बगाएको छ ।  ... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो

म्याग्दी २१ चैत । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (... पुरा पढ्नुहोस