ताजा अपडेट
जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी, २३ चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाँडाखानीमा रहेको बालप्रिय सारदा आधारभूत विद्यालयका शिक्षक देवी सुवेदी निहुरेले जन्मदिनको अवसरमा विद्यालयलाईसहयोग गर्नुभएको छ । सुवेदीले विद्यालयलाई रु २५ हजार नगद सहयोग गर्नुभएको हो । आफ्नो जन्मदिनको अवसरमा उहाँले विद्यालयका प्रअ जमुनाकुमारी रोकालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको... पुरा पढ्नुहोस
भूमिहीन दलितहरुलाई चितवनमा जग्गाको लालपूर्जा वितरण
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
चितवन, २३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले किसानहरुलाई जमिनको मालिक बनाउने सपना पूरा हुने अभियान शुरु भएको बताउनु भएको छ। बुधबार चितवनको भरतपुरस्थित आँपटारीका भूमिहीन दलितहरुलाई जग्गाको लालपूर्जा वितरण गर्दै अध्यक्ष प्रचण्डले अब सुकुम्बासी तथा भूमि समस्या समाधान गर्ने कार्य अघि बढेको बताउनु भएको हो। नेपालमा भूमि... पुरा पढ्नुहोस
कांग्रेसबाट मालिकाको सबै वडामा वडाअध्यक्षका उम्मेद्धार चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी, २३ चैत । मालिका गाउँपालिकामा रहेका सात वटा वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत सबै वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा... पुरा पढ्नुहोस
निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्रीको निर्देशन
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी , २३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । आज बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित वातावरणमा मतदान गर्न सक्ने वातावरण... पुरा पढ्नुहोस
म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
[caption id="attachment_59220" align="alignnone" width="1024"] मोहरेडाँडामा पुगेका आन्तरिक पर्यटक । तस्वीर : राकेश शर्मा[/caption] म्याग्दी, २३ चैत । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण सुस्ताएको पर्यटन र होटल व्यवसाय पुरानै लयमा फर्किन सुरु गरेको छ । वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच भरिन थालेका छन् भने मन्दिर, देवालय... पुरा पढ्नुहोस
मंगला गाउँपालिका–१ कुहुँमा एमालेबाट एकजित रोका वडा अध्यक्षका उम्मेदवार
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका १ कुँहुको वडा अध्यक्षको उम्मेदवारमा एकजित रोकालाई चयन गरेको छ । वडा कमिटीको बैठकले युवा नेता रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकले खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर... पुरा पढ्नुहोस
बेनी–मालढुङ्गा सडकखण्डमा पाँच घण्टा यातायात बन्द हुने
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
पर्वत २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी – मालढुङ्गा सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस
धारापानीमा कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यो
- 3 बर्ष, 7 महिना अगाडि
- २३ चैत्र २०७८, बुधबार
म्याग्दी २३ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा किसानी चन्द्रकुन्ता माविको कक्षाकोठा भवन निर्माण भएपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । गुड नेवर्स इन्टरनेशनलको होप परियोजनाको रु ७१ लाख ७१ हजार र समुदायको रु दुई लाखको लागतमा चारकोठे दुईतले भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरन... पुरा पढ्नुहोस
नेपाली कांग्रेसबाट बेनपा–३ मा रोका र ४ मा बानियाँलाई वडा अध्यक्षको उम्मेदवार बनाउने
- 3 बर्ष, 7 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
म्याग्दी २२ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–३,ले वडा अध्यक्षमा होमबहादुर रोकालाई अगाडी सारेको छ भने वडा नं. ४ मा सुमन बानियाँलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदार बनाउने निर्णय गरेको छ । भकिम्लीमा मंगलबार आयोजित भेलाबाट तरुण दल भकिम्लीका अध्यक्ष समेत रहनुभएका... पुरा पढ्नुहोस
रघुगंगा–८ कुइनेमंगलेमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवारमा छन्त्याल दोहोरीने
- 3 बर्ष, 7 महिना अगाडि
- २२ चैत्र २०७८, मंगलवार
म्याग्दी, २२ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा नेपाली काँग्रेसबाट वर्तमान वडा अध्यक्ष गमान छन्त्याललाई नै वडा अध्यक्ष पदको उम्मेदवार चयन गरिएको छ । वडा समितिको बैठकबाट सर्वसम्मत रुपमा वडा अध्यक्ष सहित पाँचै जना उम्मेदवारको नाम टुंगो लगाईएको हो । २०७४ को... पुरा पढ्नुहोस