ताजा अपडेट

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा सम्पन्न

बेनी २८ फागुन । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र... पुरा पढ्नुहोस

म्याग्दीमा प्रभावकारी भएन कृषि बीमा कार्यक्रम

म्याग्दी, २८ फागुन ।  सरकारले किसानका लागि ल्याएको कृषि र बाली बीमा कार्यक्रम म्याग्दीमा प्रभावकारी देखिएको छैन् । कृषिको पशुपन्छीतर्फ किसानहरूले बीमा गरेको देखिए पनि बालीमा बीमा गर्ने किसानको सङ्ख्या न्यून देखिएको बताइएको छ । झन्झटिलो प्रक्रिया र अव्यावहारिक नीतिका कारण किसानले कृषि तथा बाली बीमा कार्यक्रमबाट यहाँका किसान लाभ... पुरा पढ्नुहोस

मालिका र धौलागिरि गाउँपालिका जाेड्ने नौलिस्नेखोलाको पुलले यात्राअवधि छोटियो

सन्ताेष शर्मा म्याग्दी २८ फागुन । म्याग्दीको मालिका र धौलागिरि गाउँपालिकाको सिमानास्थित नौलिस्ने खोलामा ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ । सङ्घीय सरकार अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले मालिका गाउँपालिका–७ बिमवाङको पाल्तुङ र धौलागिरि गाउँपालिका–६ मराङको रिख जोड्ने झोलुङ्गे पुल निर्माण गरेको... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ बेनी नगरको सभापतिमा महत चयन

म्याग्दी २८ फागुन । नेपाल शिक्षक संघ बेनी नगरकार्यसमितिको अध्यक्षमा एकेन्द्र महत निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस म्याग्दीको कार्यालयमा सम्पन्न भएको शनिबार दोस्रो अधिवेशनबाट भानु माविका सहायक प्रअ महत सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । समितिको उपाध्यक्ष दिलबहादुर महत, महिला उपाध्यक्ष रजनी शाही, सचिव सुरेन्द्रबहादुर केसी,अर्थ सचिव... पुरा पढ्नुहोस

एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी २८ फागुन । म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लाल केसीले गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनुभएको छ । न्यूजील्याण्डमा बस्दै आउनुभएका केसीले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । न्यूजील्याण्ड एनसीसीको नेतृत्व सहित आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएका केसीसँग संस्थागत नेतृत्व र सहकार्यको राम्रो... पुरा पढ्नुहोस

जलवायु परिवर्तनको असर कृषिमा

म्याग्दी  २८ फागुन । म्याग्दीका जनप्रतिनिधिले बेमौसमी वर्षा भएको, गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनुपर्ने बताएका हुन् । संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य कार्यक्रम तथा राष्ट्रिय योजना आयोगजस्ता... पुरा पढ्नुहोस

म्याग्दी यातायाताको अध्यक्षतामा थापा चयन

म्याग्दी २७ फागुन ।बेनीमा प्रधान कार्यालय रहेको म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली को अध्यक्षमा लालबहादुर थापा –माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाई नै अध्यक्षमा सर्वसम्मत नेतृत्व दिएको हो । समितिको सञ्चालकहरुमा सुमन श्रेष्ठ, जानबहादुर के.सी, कृष्णबहादुर घर्ति, चन्द्रबहादुर क्षेत्री, नायायण थापा... पुरा पढ्नुहोस

बेनीमा एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

म्याग्दी २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुक्रवार बेनीमा सम्पन्न गरेको छ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम् स्कुल विभागका प्रमुख प्रदिप ज्ञवालीले पार्टीको मुल्य, मान्यता र सिद्धान्तलाई जनतामाझ लैजान जनताको घरदैलोमा पुग्न नेता... पुरा पढ्नुहोस

पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बगरफाँट, २७ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले दिवंगत छोरी विनिता शर्माको स्मृतिमा स्थापना गर्नुभएको अक्षयकोषमा रु. एक लाख हस्तान्तरण गर्नुभयो । शर्मा... पुरा पढ्नुहोस

मालिकामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा गठन

दरबाङ, २६ फागुन । म्याग्दीको मालिका गाउँपालिकामा बिहिबार नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चाको संगठन कमिटि चयन भएको छ । दरवाङमा भएको दुई वटै संगठनको संयुक्त सम्मेलनबाट भोमसरा रोकाको अध्यक्षतामा अनेमसंघ क्रान्तिकारीको ३५ सदस्यीय र दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको हो... पुरा पढ्नुहोस