ताजा अपडेट

म्याग्दीमा धान उत्पादन घट्यो

म्याग्दी १६ पुस । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द... पुरा पढ्नुहोस

खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने युवा प्रहरी नियन्त्रणमा

म्याग्दी १६ पुस । म्याग्दीको बेनी नगरपालिका–५ डडुवामा रहेको ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय करिब ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि अपिस कोठामा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै... पुरा पढ्नुहोस

कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा

बेनी, १६ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । शुक्रवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर कुइनेमंगलेलाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाको ७ वटा... पुरा पढ्नुहोस

स्वास्थ्य विमामा म्याग्दीबाट २४ हजार आवद्ध

  म्याग्दी, १६ पुस । म्याग्दीमा २४ हजार ६२३ जना स्वास्थ्य विमामा आवद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका कार्यालय प्रमुख उपेन्द्र बरालले २०७३ साल पुष १३ गतेदेखि लागु भएको स्वास्थ्य विमामा सो संख्याले विमा गरेका हुन् । सर्वसुलभ स्वास्थ्य सेवा सबै नागरिकलाई उपलब्ध गराउने र आर्थिक जोखिम न्यून... पुरा पढ्नुहोस

मराङको अस्कारेखोलामा ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

म्याग्दी १६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था... पुरा पढ्नुहोस

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी १६ पुस । एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता हुनुभएको थियो । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर... पुरा पढ्नुहोस

चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । विहिबार चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाउदै बालश्रममुक्त वडा घोषणा गरिएको हो । कर्यक्रममा श्रमको जोखिमबाट मुक्त गराएर... पुरा पढ्नुहोस

गुर्जामा हिमपहिरोमा पुरिएर एकजना बेपत्ता, तीनजना अलपत्र

म्याग्दी १५ पुस। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एकजना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । मोवाईल र इन्टरनेट सेवा हिमपातकै कारण अबरुद्ध भएपछि थप जानकारी लिन समस्या भएको... पुरा पढ्नुहोस

हिमपातले लोभदाग्दो बन्यो झाक्रीपानी (फोटो फिचर)

म्याग्दी १५ पुस । म्याग्दीको मंगला गाउँपालिका–३ मा अवस्थित पर्यटकीय स्थल झाक्रीपानीमा हिमपातले लोभदाग्दो बनेको छ । दुई दिनसम्म परेको हिमपातले सेताम्मे बनेको र आन्तरिक पर्यटकहरु हिउँमा रमाउनका लागि जानेक्रम सुरु भएको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा अवस्थित झाक्रीपानीमा सेताम्मे बनेको हिउँ र त्यहाँबाट देखिने... पुरा पढ्नुहोस

बेनीमा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण

बेनी १५ पुस । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कबिता अधिकारीले... पुरा पढ्नुहोस