बेनीमा किशोरी सम्मेलन

  • २९ जेष्ठ २०७९, आईतवार
  • 603 पटक पढिएको

बेनी, २९ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन गरिएको छ। संगम म्याग्दीको आयोजना र गल्स फस्ट फन्टको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मलेन भएको हो ।


जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दीको धवलागिरी गाउँपालिकाको ११ वटा स्कूल, बेनी नगरपालिकाको ९ वटा स्कुल र तनहु, कास्की, पर्वत स्याङ्जा लमजुङको प्रतिनिधिमूलक सहभागितामा प्रथम गण्डकी  प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परिक्षण कार्यक्रम गरिएको थियो ।


सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले समाजमा किशोरीको भूमिका, बालविवाह न्यूनिकरण र स्थानीय बालमैत्री कानुनी ब्यवस्था लगायतबारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै सामाजिक परिक्षक मुक्ति ढुंगानाले २०२० देखी २०२२ सम्मको बालबिवाह न्यूनिकरण गर्न कार्यान्वयन गरिएको कार्यक्रमको प्रभाव र मूल्याकनबारे जानकारी गराउनुभएको थियो । प्रदेशस्तरीय किशोरी सम्मेलनले बालविवाह न्यूनिकरण तथा किशोरीहरुको हकहित र अधिकारसंग सम्वन्धीत रहेर ११ बुँदे घोषणापत्र जारी गरिएको संगम म्याग्दीले जनाएको छ ।

जिल्लास्तरीय किशोरी संजाल अध्यक्ष नरदेवी विकको अध्यक्षता भएको कार्यक्रममा प्रदेश बालपरिषद गण्डकी प्रदेशको पुर्व अध्यक्ष दिपा आचार्यको प्रमुख आतिथ्यतामा र संगम म्याग्दीकी सहससचिव सुनिता बेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।