ताजा अपडेट

आईतवारदेखि दरबाङम हुन लागेको प्रवासी म्याग्देलीहरुको महाधिवेशनको तयारी पुरा

म्याग्दी, २१ असोज । प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशनको तयारी पुरा भएको पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारी पुरा भएको मोनाका अध्यक्ष योगेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । महाधिवेशनको लागि मोनाका पदाधीकारीहरु... पुरा पढ्नुहोस

तातोपानीमा बाथरोगको निः शुल्क स्वास्थ्य शिविर

म्याग्दी, २१ असोज । बेनी नगरपालिका–४ तातोपानी स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको आयोजनामा शनिबार निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेशनल बाथरोग सेन्टर पोखरा शाखाको प्राविधिक सहयोगमा सञ्चालीत १ दिने स्वास्थ्य शिविरमा नेशनल बाथरोग सेन्टर पोखरा शाखाका फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. नरेन्द्रप्रसाद मैनाली नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण... पुरा पढ्नुहोस

कालीगण्डकीले बगाएर एक बालीका वेपत्ता

म्याग्दी २१ असोज । कालीगण्डकी नदीले बगाएर म्याग्दीमा शनिबार एक बालीका वेपत्ता भएकी छिन् । अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर वेनपा २ की १२ वर्षिया कृष्ट्रीना थापा वेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातोपानी स्थित कालीगण्डकी किनारमा रहेको तातोपानी मा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा... पुरा पढ्नुहोस

मसाल पनि वाम गठबन्धनकै पक्षमा छ : मोहनबिक्रम सिंह

चितवन- नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले एमाले, माओवादी केन्द्र लगायतका पार्टी सम्मिलत चुनाबी मोर्चा बन्नु सकारात्मक भएको बताएका छन् । अर्धभुमिगत अवस्थामा रहेका पुराना बामपन्थी नेता सिंहले त्यो गठबन्धनले कम्युनिष्ट पार्टी निर्माणमा भने योगदान नदिने धारणा राखे । उनीहरु कम्युनिष्ट नीति सिद्धान्तमा नरहेको सिंहको भनाइ थियो । ‘गठबन्धनको सबभन्दा... पुरा पढ्नुहोस

गरिबी निबारणको लागि सहकारी सहयोगी बन्नुपर्छः राज्यमन्त्री खड्का

म्याग्दी, २१ असोज । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले विपन्न र आर्थिक रुपमा पछाडी परेका समुदायको उत्थानको लागि सहकारीले सहयोगी भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । महिलाहरुको मात्रै लगानी र नेतृत्वमा सञ्चालीत बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै राज्यमन्त्री... पुरा पढ्नुहोस

बृहत बाम एकिकरण प्रकृयाको खुसीयालीमा चियापान तथा शुभकामना आदान प्रदान

 गलकोट बागलुङ  २१ असोज । जिल्लाको गलकोट नगरपालिकामा बामपन्थी घटकहरुको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय तहमा बृहत बाम एकता सॅगै चुनावी तालमेल गर्ने नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाॅ शक्ति पार्टी बिच भएको सहमति पछि गलकोटमा पनि विभिन्न राजनैतिक दलहरुले सामुहिक खुसियाली मनाएका... पुरा पढ्नुहोस

कर्मचारी समायोजन विधेयक पारित, एक तह स्वतः बढुवाको व्यवस्था खारेज

२० असोज, काठमाडौं । संसदले ‘कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । पारित विधेयकअनुसार समायोजनमा जान नचाहने कर्मचारीलाई बढीमा १० वर्ष थप गरी बढीमा सात वर्षको निवृत्तिभरण एकमुष्ट लिएर स्वेच्छिक अवकाश दिइनेछ । तर, एक तह स्वतः बढुवा हुने छैनन् । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुक्रबारको सदन... पुरा पढ्नुहोस

म्याग्दीमा साढे पचहत्तर हजार मतदाता

बेनी २० असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा साढे पचहत्तर जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल ७५ हजार ५३८ जना मध्य ३९ हजार ४३५ जना महिला र ३६ हजार १०२ जना पुरुष मतदाता रहेका छन् । वि.स २०७४ साउन मसान्तसम्म तस्विर सहितको मतदाता... पुरा पढ्नुहोस

एमाले म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका उम्मेदवार रिफारिस

म्याग्दी २० असोज । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । विहिवार र शुक्रवार गरि दुई दिनसम्म बसेको एमाले जिल्ला कमिटीको बैठकले उम्मेदवारहरु बन्ने आकाँक्षीहरुबिच सहमती जुट्न नसकेपछि प्रदेश क्षेत्रीय कमिटीबाट उम्मेदवारको लागि सिफारिस भएर आएका सबैको नाम... पुरा पढ्नुहोस

सच्चा वामपन्थीहरुको धु्रबीकरण अब हुन्छ: नेता गजुरेल

म्याग्दी २० असोज । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनितीमा सच्चा कम्युनिष्ट र बामपन्थीहरुको धु्रवीकरण हुने बताउनुभएको छ । शुक्रवार बेनीमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता गजुरेलले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमती दक्षिणपन्थीहरुको गठनबन्धन भएको जिकिर गर्दै सच्चा... पुरा पढ्नुहोस