ताजा अपडेट

भिम माविलाई एक करोड सहयोग संकलन

म्याग्दी २४ असोज । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको एक सामुदायीक विद्यालयको तह थप गर्न समुदायले एक करोड रुपैया जुटेको छ ।मालीका गाउँपालीका ५ देविस्थानमा रहेको भिम माविको स्तरवृद्धी गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियान मार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालीत... पुरा पढ्नुहोस

दिदीबहिनी सहकारीको अध्यक्षमा ज्योती लामिछाने

म्याग्दी, २४ असोज । महिलाहरुको मात्रै लगानी र नेतृत्वमा स्थापीत बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाले ज्योती लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, कोषाध्यक्षमा जगतदेवी बानियाँ खत्री र सहसचिवमा अम्बिका श्रेष्ठ निर्वाचित भएका छन् ।... पुरा पढ्नुहोस

१७ करोड लगानीमा मुक्तिनाथमा अत्याधुनिक रिसोर्ट

मुक्तिनाथ: प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्ष्य गर्दै मुक्तिनाथमा १७ करोड लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणाधीन रिसोर्ट एक वर्षभित्र सञ्चालनमा आउनेछ। रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ। रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैंचा र पार्किङस्थल निर्माणको... पुरा पढ्नुहोस

पूर्व विद्यार्थीद्धारा शिख माविलाई ल्यापटप सहयोग

म्याग्दी २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् । शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा... पुरा पढ्नुहोस

मोना अन्र्तराष्ट्रियको अध्यक्षमा थापा निर्वाचित

म्याग्दी, २४ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजिल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । महाधिबेशनबाट मोनाको... पुरा पढ्नुहोस

बिदेशमा आर्जेको ज्ञान, सिप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिदेशमा आर्जेको... पुरा पढ्नुहोस

अर्मनका पहिरो प्रभावीतलाई मोना युकेको आर्थिक सहयोग

म्याग्दी, २३ असोज । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैया हस्तान्तरण गर्नुभएको थियो । पात्लेखेतका... पुरा पढ्नुहोस

निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या

काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा सोमबार दिनदहाडै गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको हो । गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनलाई घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घटना लगत्तै घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो... पुरा पढ्नुहोस

दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)

म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा... पुरा पढ्नुहोस

दरबाङमा मोनाको महाधिवेशन सुरु, मुलुकको समृद्धिको लागि बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई परिचालन गरौ ; अध्यक्ष घले

दरवाङ (म्याग्दी) २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताउनुभएको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले सो कुरा बताउनुभएको... पुरा पढ्नुहोस