ताजा अपडेट

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ करोड अनुदान

काठमाडौं, १८ जेठ । उद्योग मन्त्रालयले वैज्ञानिक डा.महावीर पुनको राष्ट्रिय आविष्कार केन्दको क्षमता विस्तार गर्न एक करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बजेटमा व्यवस्था गरेको छ । मन्त्रालयले गरेको बजेटको व्यवस्थासँगै उद्योगलाई काम लाग्ने औद्योगिक प्रविधिको विकास गर्ने, तराईमा नेपाली वैज्ञानिकहरूले आविष्कार गरेको धान काट्ने मेशिनको परीक्षण गरी त्यसको... पुरा पढ्नुहोस

चुनावमा साढे दुई करोड खर्च

म्याग्दी, १८ जेठ । गत बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन सम्पन्न गर्न म्याग्दीमा साढे दुई करोड रुपैयाँ भन्दा बढी सरकारी बजेट परिचालन भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत दुई करोड ६७ लाख रुपैयाँ... पुरा पढ्नुहोस

बालमन्दिरमा जनप्रतिनिको सम्मान

बेनी, १८ जेठ । बेनी नगरपालीका ८ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयले बिहीबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष रामकृष्ण बराईली र वडा सदस्यहरुलाई स्वागतका साथै विद्यार्थीहरुलाई पुरस्कार र छात्रवृत्ती समेत वितरण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख... पुरा पढ्नुहोस

म्याग्दीका नगर र गाउँ कार्यपालीकाले पूर्णता पायो । यस्तो छ ६ तहको नतिजा

म्याग्दी, १८ जेठ । म्याग्दीका नगर र गाउँ कार्यपालीकाले बिहीबार पूर्णता पाएको छ । बैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालीका प्रमुख, उपप्रमुख, गाउँपालीका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालीकामा दलित, अल्पसंख्यक र महिला सदस्य चुनेका हुन् । म्याग्दीको एक नगरपालिका सहित पाँच गाउँपालिकामा नै नगर... पुरा पढ्नुहोस

मुस्लीम समुदायलाई जातीय पोशाक वितरण

म्याग्दी, १८ जेठ । बेनीका मुस्लीम समुदायलाई जातीय पोशाक वितरण गरिएको छ । जिल्ला समन्वय समितिको सहयोगमा रमजान पर्वको अवसरमा पोशाक खरिद गरेर वितरण गरिएको मुस्लीम सेवा समितिले जनाएको छ । ४० जना विद्यार्थी सहित ७८ जनालाई एकएक जोर का दरले पोशाक वितरण गरिएको समितिका अध्यक्ष रहमद खानले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

साहीत्यकार शर्माको १३ औ कृती “चिताको काखमा” बिमोचन

म्याग्दी, १८ जेठ । म्याग्दीका अग्रज साहीत्यकार धु्रबलाल शर्माको १३ औ कृती “चिताको काखमा” को बुधबार बेनीमा बिमोचन गरिएको छ ।बेनी नगरपालीका ६ का शर्माले ७० औ जन्मोत्सवको अवसरमा प्रकाशन गर्नुभएको कबिता सङग्रह “चिताको काखमा” को सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बिमोचन गर्नुभएको हो । यो कृतीमा सामाजिक र... पुरा पढ्नुहोस

दग्नाममा भूमेपुजा मेला सुरु, विहिवारदेखि बास्केटबल खेल सुरु हुने

म्याग्दी, १७ जेठ । रघुगंगा गाउँपालिका–४ दग्नाममा भुमे पुजा मेला सुरु भएको छ । पूजाको अवसरमा मंगलवार परम्परागत लिँगो जुधाई सम्पन्न भएपछि बुधवारदेखि विविध खेलकुद र साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो । एकता युवा क्लबको आयोजनामा भुमे पुजाको अबसरमा हरेक बर्ष मेला आयोजना हुने गरेको छ । बुधवार पुख्र्यौली नृत्य... पुरा पढ्नुहोस

स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो

काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति... पुरा पढ्नुहोस

राखु समाज बेल्जियमको आयोजनमा समाजसेवी मल्ललाई सम्मान

म्याग्दी, १७ जेठ । राखु समाज बेल्जियमले रघुगंगा गाउँपालिका–२ भगवतीका समाजसेवी तथा तत्कालिन राखु भगवती गाउँ पञ्चायतका पूर्व गाउँ प्रधानपञ्च देवेन्द्रबहादुर मल्ललाई सम्मान गरेको छ । भम्रणको शिलसिलामा बेल्जियम पुग्नुभएका मल्ललाई समाजले एक कार्यक्रमका बिच सम्मान गरेको थियो । सो क्रममा समाजसेवी मल्ल संगै बेल्जियम पुग्नुभएका राखु समाज बेलायतका अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्दीमा सुर्तिजन्य पदार्थ रहित दिवस मनाइयो

म्याग्दी, १७ जेठ । म्याग्दीको बेनीमा बुधबार सुर्तिजन्य पदार्थ रहित दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय र कदम म्याग्दीको आयोजनामा सन्देशमुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । हरेक वर्ष ३१ मे का दिन मनाइने दिवसको यसपालीको नारा “सुर्तीजन्य पदार्थले विकासलाई अबरोध गर्छ” भन्ने रहेको छ । जिल्ला प्रशासन कार्यालय... पुरा पढ्नुहोस