म्याग्दी लगानीको लागि सम्भावनायुक्त जिल्लाः महासंघका उपाध्यक्ष ढकाल

  • ११ कार्तिक २०७४, शनिबार
  • कमल खत्री
  • 3060 पटक पढिएको

म्याग्दी ११ कात्तिक । उद्योग बाणिज्य संघका नेताहरुले म्याग्दीलाई लगानीको लागि सम्भावनायुक्त जिल्ला रहेकोमा जोड दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २४ औ साधारणसभा तथा दसौ अधिवेशनको शनिबार बेनीमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले म्याग्दी पर्यटन, जलविद्युत, उद्योग, कृषि र पशुपालन लगायतको क्षेत्रमा प्रचुर सम्भावनायुक्त भएकाले लगानीको लागि प्रशस्त सम्भावना रहेकोमा जोड दिएका थिए ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्रदेश नम्बर ४ मा म्याग्दी सम्भावनायुक्त जिल्ला भएको बताउँदै पर्यटन, उर्जा र कृषिको आधुनिकीकरणमा लगानी गर्न ईच्छुक रहेको बताउनुभयो । उहाँले लगानीका सम्भावनायुक्त क्षेत्रको उजागर गर्नका निम्ती आवश्यक वातावरण र सुरक्षाको व्यवस्था मिलाउन जरुरी रहेको उल्लेख गर्दै आफु पनि म्याग्दीका सम्भावनायुक्त क्षेत्रमा लगानीको लागि ईच्छुक रहेको उल्लेख गर्नुभयो ।

म्याग्दीका उद्योगी, व्यवसायी र लगानीकर्तासंग मिलेर कुनै योजनामा लगानी गर्न आफु ईच्छुक रहेको बताउँदै उहाँले संयुक्त लगानीले जिल्लाको सम्भावनाको उजागर, रोजगार सृजना र आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि मुलुकमा थप लगानीको वातावरण तयार हुने उहाँको भनाई थियो ।

कार्यक्रममा पुर्व जनप्रतिनिधि, संघका पूर्व अध्यक्ष, विभिन्न राजनितिक दल र संघ संस्थाका प्रतिनिधिले स्थानीय उद्योगी व्यवसायीलाई जिल्लाको पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी भित्र्याउनका लागि अगुवाई गर्न आग्रह गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले संघको गतिबिधिको बारेमा जानकारी गराउनुभयो ।

बेनी बजारमा सिसीटिभी क्यामेरा जडान, धौलागिरी सेञ्चुरी पदमार्गको पहिचान र नक्साङकन्, कोरला नाका सञ्चालनका लागि दवाव सिर्जना, घुम्ती कर शिवीर सञ्चालन, एक गाउँ एक उत्पादन कार्यक्रम अन्तरगत टिम्मुर खेती प्रर्वद्धन, बेनी बजार संरक्षण अभियान, स्थानीय उत्पादनको बजारीकरण र कला संस्कृती संरक्षणका लागि महोत्सव सञ्चालन लगायतका काम गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठ र ४ नम्बर प्रदेशका अध्यक्ष सञ्जिव कोईरालाले लगानी भित्र्याउनका लागि स्थानीय वातावरण र झञ्जटीलो सरकारी प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठ र ४ नम्बर प्रदेशका अध्यक्ष सञ्जिव कोईरालाले लगानी भित्र्याउनका लागि स्थानीय वातावरण र झञ्जटीलो सरकारी प्रक्रियालाई सहज बनाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा संघको गतिविधि समेटीएको स्मारिका समेत विमोचन गरिएको थियो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, पुर्व सांसद नवराज शर्मा, रेशमबहादुर बानिया, गोविन्द पौडेलले म्याग्दीको पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष टंक हमाल, एमालेका सचिव बालकृष्ण सुवेदी, माओवादी केन्द्रका किरन थापा, राप्रपाका अध्यक्ष बिरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवी विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुर्दशन श्रेष्ठ, कुबिर श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।


यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ठहरबहादुर भण्डारी र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले पनी शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले संघको गतिबिधिको बारेमा जानकारी गराउनुभयो ।

अधिवेशनबाट तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यलाई अध्यक्ष तथा अन्य पदाधीकारी र सदस्य समेत सर्वसम्मत चयन गर्ने विषयमा सहमती भएको जनाइएको छ । बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव राजेश शाक्यले गर्नुभएको थियो । अधिवेशनबाट तिन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l