राजमोले क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने

  • १० कार्तिक २०७४, शुक्रबार
  • 3761 पटक पढिएको

म्याग्दी, १० कात्तिक । राष्ट्रिय जनमोर्चाले म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले माओवादीका साझा उमेद्वारलाई सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रदेशसभाको क्षेत्र नम्बर १ मा पार्टीले उमेद्वारी नदिएको र बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

प्रदेशसभाको क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बिनोद केसी उमेद्वार बन्नुभएको छ । राजमोले प्रतिनिधिसभामा जिल्ला उपाध्यक्ष फौदबहादुर कार्की (बिदुर) र प्रदेशसभा क्षेत्र नम्बर २ मा रमेशकुमार पुन (जगत)लाई उमेद्वार बनाएको छ ।

समानुपातीक तर्फ भने जिल्ला अध्यक्ष छवी विश्वकर्मा र कोषाध्यक्ष भोमकुमारी कार्की (बिष्णु)लाई उमेद्वार बनाइएको जनमोर्चाले जनाएको छ । चुनाव प्रचारप्रसारका लागि अध्यक्ष छवी विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको छ ।