ताजा अपडेट
लोक दोहोरी प्रतिष्ठानको साधारणसभा
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बेनी, २८ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा प्रतिष्ठानले कलाकार तथा सर्जक तोपबहादुर कार्कीलाई सम्मान गरेको छ । प्रतिष्ठानका ४ नम्बर प्रदेश संयोजक तारापती पौडेलले नगद तिन हजार रुपैया सहित सम्मान गर्नुभएको हो ।... पुरा पढ्नुहोस
महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बेनी, २८ साउन । बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक विकासका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको छ । सौन्दर्यकला व्यवसायी संघले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख बरुवालले महिला आर्थिक रुपमा सक्षम भएमा हिंसाका घटना कम हुने र सामाजिक शशक्तीकरण हुने बताउनुभयो । उहाँले सिपमुलक व्यवसाय गरेर... पुरा पढ्नुहोस
ढुवानी समस्याले मूल्य वृद्धि
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बाबियाचौर (म्याग्दी), २७ साउन । ढुवानीको समस्याका कारण जिल्लाको पश्चिमी क्षेत्रमा दैनिक उपभोग्य सामानको अभावसँगै मूल्य वृद्धि भएको छ । धौलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ र अन्य सहायक सडक पहिरोका कारण अवरुद्ध भएपछि ग्रामीण क्षेत्रमा उपभोग्य सामग्रीको अभाव भएको हो । पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरवाङ... पुरा पढ्नुहोस
बेनीमा युवा दिवस मनाइयो
- 7 बर्ष, 9 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
बेनी, २८ साउन । बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर १७ औ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । जिल्ला युवा समितिको कार्यालयको आयोजनामा बेनीमा प्रभातफेरी गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको र्याली न्युरोड, अस्पतालचोक, गणेशटोल, बालमन्दिर चोक हुँदै पुन सोही ठाउँमा पुगेर समापन गरिएको थियो... पुरा पढ्नुहोस
व्यक्तिगत घटना दर्ता तालीम सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । म्याग्दीको बेनीमा शुक्रबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना अनलाईन दर्ता सम्बन्धि तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय र बेनी नगरपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा सामाजिक सुरक्षा भत्ता पाउनेको विवरण र व्यक्तिगत घटना अनलाईनमा दर्ता गर्ने... पुरा पढ्नुहोस
लागू औषध दूब्र्यसनी बिरुद्ध रत्नेचौरमा जनचेतनामुलक कार्यक्रम
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । बेनी नगरपालीका १ रत्नेचौरको अर्जममा शुक्रबार लागू औषध दूव्र्यसनी बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सुरक्षा अधिकारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरुबीच दूव्र्यसनी नियन्त्रण सम्बन्धि छलफल भएको थियो । कार्यक्रममा बेनपा १ र २ का जनप्रतिनिधि, भानु मावी, रामचन्द्र मावि र... पुरा पढ्नुहोस
नदीले पुल बगाएपछि सिंकोसबगराका विद्यार्थीहरु विद्यालय जानबाट बञ्चित
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोस बगरा गाउँको बिचमा पर्नेे म्याग्दी नदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जानबाट बञ्चितमा परेका छन् । तीन दिन अगाडी अबिरल बर्षापछि म्याग्दी नदीमा आएको बाढीले बगरा र सिंकोसबगरा गाउँ वारपार गर्न म्याग्दी नदीमा बनाईएको झोलुङ्गे पुल बगाएको थियो ।... पुरा पढ्नुहोस
चिकित्सा शिक्षा विद्योयक जारी गर
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा गोविन्द केसी पटक पटक अनसन बस्दै आएका छन् । जनताको हितमा चिकित्सा शिक्षा विद्येयक जारी गर्नुपर्ने मुख्य माग सहित डाक्टर केसी निरन्तर आन्दोलित छन् । यस पटक पनि उनी अनसन बढेको १९ दिन पुगेको छ । यस अघिका सरकारहरुलाई समेत निरन्तर दबाब दिँदै आएका... पुरा पढ्नुहोस
कर्जा मिनाहा र कल्याणकारी सुविधा वितरण
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो)को बेनी शाखाले जलजला गाउँपालीका ७ गुण्टेखेतका एक सेवाग्राहीको कर्जा मिनाहका साथै कल्याणकारी सुबिधा वापतको रकम उपलब्ध गराएको छ । गुण्टेखेत सम्बृद्ध ब्यवसायीक केन्द्रमा आवद्ध दिवंगत सदस्य धनसरी दर्जीले संस्थाबाट लिएको तिर्नबाँकी ४३ हजार ९८५ रुपैया कर्जा मिनाह गरी किरीया... पुरा पढ्नुहोस
बेनी –जोमसोम सडकखण्ड अन्र्तगत घोप्टे भिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु
- 7 बर्ष, 9 महिना अगाडि
- २७ श्रावण २०७४, शुक्रबार
म्याग्दी, २७ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एक जना पर्यटकको मृत्यु भएको छ । मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४बाट अगाडी बढ्दै गर्दा २२ बर्षिय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट् कम्मा कथरिना फुलरटनको ज्यान गएको घाँसा प्रहरी... पुरा पढ्नुहोस