ताजा अपडेट

लोकतान्त्रिक गठबन्धन म्याग्दी आन्तरिक तयारीमा व्यस्त

म्याग्दी, १४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठनबन्धन म्याग्दीले कार्यकर्ता भेटघाट, चुनाबी सभा तथा आमसभा संगै आन्तरिक रणनिति बून्ने योजनालाई समेत प्राथमिकतामा राखेको छ । कात्तिक ८ गते उत्तरी दानाबाट चुनाबी अभियान सुरु गरेको गठबन्धनले अन्नपूर्ण गाउँपालिका,... पुरा पढ्नुहोस

मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा

  म्याग्दी,१४ कात्तिक । म्याग्दीको मालीका गाउँपालीकाको तिन वटा वडालाई साक्षर घोषणा गरिएको छ । १ नम्बर वडा निस्कोटलाई सोमबार, २ र ३ नम्बरमा पर्ने साविकको रुम गाविसलाई मंगलबार साक्षर घोषणा गरिएको हो । तिन वटै वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरीकले... पुरा पढ्नुहोस

माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

  काठमाडौं, १४ कात्तिक। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीले ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका ढुंगेललाई अहिले काठमाडौं जिल्ला अदालतकाे फैसला कार्यान्वयन इकाईमा लगिएको स्राेतले बताएको छ । उनले ट्राउजर र राताे फूल भेस्ट लगाएका छन् ।... पुरा पढ्नुहोस

बाम गठबन्धनको ओखरबोट र फुलबारीमा संयुक्त चुनावी सभा

बेनी, १४ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको उमेद्वार सहितको टोलीले प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रचार अभियान अन्तरगत सोमबार मालीका गाउँपालीका ४ ओखरबोट र फुलबारीमा चुनावी सभा गरेका छन् । माओवादी केन्द्रका लकबहादुर श्रीपालीको अध्यक्षता, हिरा पुनको स्वागत र एमालेका पदमलाल सापकोटाको सञ्चालनमा ओखरबोटमा भएको कार्यक्रममा नेकपा... पुरा पढ्नुहोस

विद्यालय गएका किशोर वेपत्ता

म्याग्दी, १४ म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालीका ७ हिलापोखरीका एक किशोर सम्पर्क बिहीन भएका छन् । आईतबार विद्यालय गएका १४ वर्षिय मिलन परियार सम्पर्क बिहीन बनेका हुन् । ताकमको धौलागिरी बोडीङको कक्षा ६ मा अध्ययन गर्ने परियार विद्यालय नगई सम्पर्कबिहीन भएका हुन् । आईतबार दिउँसो दरवाङ देखिएको जानकारी पाएको र... पुरा पढ्नुहोस

बामगठबन्धनका उमेद्वार केसीको टोली रघुगंगा गाउँपालीकामा

बेनी १३ कात्तिक । मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमाले माओवादीको बाम गठबन्धनको साझा उमेद्वार बिनोद केसीको टोलीले सोमबारदेखि रघुगंगा गाउँपालीकामा कार्यकर्ता भेटघाट तथा संयुक्त प्रशिक्षण अभियान सुरु गरेको छ । टोलीले रघुगंगा गाउँपालीका ५ झिँ र ६ पाखापानीमा एमाले, माओवादीका अगुवा कार्यकर्ता भेटघाट र प्रशिक्षण... पुरा पढ्नुहोस

हिन्दु राष्ट्र र राजतन्त्र राप्रपाको प्रमुख एजेण्डा– प्रवत्ता पाठक

म्याग्दी, १३ कात्तिक । राप्रपाका प्रवत्ता भुवन पाठकले हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्र पुनस्थापना राप्रपाको प्रमुख एजेण्डा भएको बताउनुभएको छ । राप्रपा म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवत्ता पाठकले हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापना, भ्रष्ट्राचारमुक्त नेपाल, आर्थिक सम्बृद्धी र जनजिविकाको विषयमा चुनावी घोषणापत्रमा प्राथमिकता दिने बताउनुभयो ।... पुरा पढ्नुहोस

बेनीमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना

म्याग्दी, १३ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि म्याग्दी सदरमुकाम बेनीमा शसस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ । शसस्त्र प्रहरीको चण्डीका गण कुष्माबाट शसस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीको नेतृत्वमा ४० जनाको टोली राखेर अस्थायी पोष्ट स्थापना गरिएको हो ।... पुरा पढ्नुहोस

निरन्तर सिकाईको लागि ५७ सिकाई कक्षा सञ्चालन गरिने

म्याग्दी १२ कात्तिक । अनौपचारिक शिक्षा तथा निरन्तर सिकाईको लागि म्याग्दीमा यस बर्ष ५७ वटा सिकाई कक्षा सञ्चालन गरिने भएको छ । साक्षरता अभियानको क्रममा अघिल्ला बर्षहरुमा सञ्चालन भएका अनौपचारिक शिक्षाका विभिन्न कक्षाहरुमा सहभागी भएकाहरुलाई निरन्तर सिकाईको लागि समुदाय स्तरमा सिकाई कक्षा सञ्चालन गर्न लागिएको हो । अनौपचारिक शिक्षाबाट सामान्य... पुरा पढ्नुहोस

वामगठबन्धन चुनावी घोषणापत्र : आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम

  काठमाडौँ – ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको... पुरा पढ्नुहोस