धौलागिरीमा नेकपाको लेरप्याडमा पत्र , पत्र आफ्नो पार्टीको नभएको ब्युरो इन्चार्जको भनाई…
- १ मंसिर २०७४, शुक्रबार
- 1976 पटक पढिएको
म्याग्दी । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई बहिस्कार गर्दै आन्दोलनमा होमिएको नेपाल कम्युनिष्ट पार्टीको अभियानलाई प्रभावित पार्न केहि अबान्छीत मान्छेहरुले अवान्छीत गतिबिधी गरेको भन्दै नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपा धौलागिरी ब्युरोले आफ्नो ध्यान आर्कषण भएको जनाएको छ ।
म्याग्दी जिल्लामा नेकपाको लेटर प्याड प्रयोग गरि बिभिन्न राजनैतिक पार्टीका स्थानिय नेताहरुलाई पत्रचार गरि चुनावमा पैसाको चलखेल नगर्न, र निष्कृय भै बस्न भनि पत्रचार गरिएको बिषयमा नेकपाका धौलागिरी ब्इुरो ईन्चार्ज धु्रब घिमिरे बिप्लवले यस्तो पत्र आफ्नो पार्टीले धौलागिरी ब्युरो भरी नै नकाटेको बताएका छन् ।
आज सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै ईन्चार्ज बिप्लवले भने हामीले संसदिय भासामा पतनको लागि गरिएको यो प्रतिनिधी र प्रदेश सभाको निर्वाचनलाई बहिस्कार गरेका छौं तर कुनै पनि पार्टीका नेता वा कार्यकर्तालाई पत्राचार गरिएको छैन । यसको भ्रममा नपर्न आग्रह गरेको समेत बताएका छन् ।
केहि दिन यता म्याग्दी जिल्लामा स्थानिय राजनैतिक दलका नेता कार्यकर्ताहरुलाई नेकपाको नामा केहि अपराधिक मनोबृती भएका मानिसहरुले पत्र लेख्दै निर्वाचनामा पैसा नवाढ्न तथा निष्कृय बस्न भन्दै पत्रचार गरिएको छ । ईन्चार्जको आदेशमा कमाण्डर रोहित भन्दै लेखिएको पत्रबारे बिप्लवले भने हाम्रो पार्टीमा यस्तो रोहित नाम गरेको मान्छे छैन । पत्र काट्न पर्यो भने पार्टीले आधिकारीक रुपमा नै काट्छ तर अहिले नेकपाको नाममा गरिएको यो झुटो र भ्रामक भएको बताएका छन् । साथै ईन्चार्ज बिप्लवले कहाँबाट कसरी र कसले यो पत्रचार गरेको छ त्यसको खोजी कार्य तिब्र पारिएको बताएका छन् उनले भने आम जनतालाई पनि यस्ता भ्रामक कुराको भ्रममा नपर्न भनेका छन् ।
Source: suchanakendra.com