दरवाङ र बाबियाचौरमा बाम गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षण

  • १ मंसिर २०७४, शुक्रबार
  • 2205 पटक पढिएको

म्याग्दी, १ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शुक्रबार मालीका र मंगला गाउँपालीका स्तरीय संयुक्त कार्यकर्ता प्रशिक्षण गरेका छन् । चुनावमा बाम गठबन्धनका उमेद्वारलाई अत्याधिक बहुमतका साथ जिताउन रणनिती बनाउन संयुक्त कार्यकर्ता प्रशिक्षण गरिएको हो ।

मंगला गाउँपालीकाको केन्द्र बाबियाचौरमा आयोजित प्रशिक्षणमा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बेनी–दरवाङ सडक कालोपत्रे आयोजना बामपन्थी सरकारको पालामा भएको र त्यसलाई विस्तार गरेर ढोरपाटनसम्म पु¥याई मध्य पहाडी लोकमार्गको विकल्प बनाउन सकिने बताउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले दन्द्धकालमा माओवादीको पहलमा दरवाङदेखि बाबियाचौरसम्म सडक पु¥याइएको बताउदै म्याग्दीको विकासको हिजो पनि बामपन्थीले गरेको, म्याग्दीको विकास र सम्बृद्धीको स्पष्ट खाका बाम गठबन्धनसंग भएको बताउनुभयो ।

दरवाङमा आयोजित कार्यकर्ता प्रशिक्षणमा पुर्व सांसद नवराज शर्माले चुनाव जित्नका लागि जातीय नारा लगाउने र अघिपछि सो समुदायको हक हितका लागि चुप लागेर बस्नेहरुबाट सजग र सचेत हुनुपर्ने सन्देश घरघरमा पु¥याउन आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठ र संयोजक पौडेलले आफू हार्ने भएपछि नेपाली काग्रेसले विभिन्न नाटक रचेर चुनावबाट भाग्न, जनतामा भ्रम सिर्जना गराउन खोजेको आरोप लगाउनुभयो ।  एमालेका नेता चन्द्रकुमार केसी, माओवादी केन्द्रका देवराज सुवेदी र मालीका ७ का वडा अध्यक्ष तथा वामपन्थी युवा नेता रेशम जुक्जालीले म्याग्दी र देशैभरी छाएको जनलहरसंगै बाम गठबन्धनको जित सुनिश्चित भएकाले ढुक्क भएर एमाले माओवादीलाई मतदान गर्न आग्रह गर्नुभयो ।

एमालेका गाउपालीका उपसंयोजक बेगप्रसाद गर्बुजाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी प्रदेशसभा क्षेत्र (ख)मा बाम गठबन्धनकी साझा उमेद्वार एमाले नेता नरदेवी पुन र मालीका गाउपालीका उपाध्यक्ष खरमाया बिटालु लगायत एमाले माओवादीका नेता कार्यकर्ताको टोलीले मंगला २ दरुङमा घरदैलो गरेको छ । सो क्रममा उमेद्वार पुनले यसअघि राज्यमन्त्री र सांसद हुदा म्याग्दीको शिक्षा, स्वास्थ्य, कृषी, पर्यटन, पूर्वाधार विकासको क्षेत्रमा अघि बढाएका योजनालाई पुरा गर्न आफू र बाम गठधन्धनका उमेद्वारलाई मतदानका लागि आग्रह गर्नुभएको थियो ।