ताजा अपडेट

कोबाङमा फालो पर्व सकियो

कोवाङ(मुस्ताङ¬) १६ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) बिहीबार सकिएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । मंगलबार देखि... पुरा पढ्नुहोस

भेडापालक कृषकलाई औजार सहयोग

म्याग्दी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालीकाका भेडापालक कृषकहरुलाई औजार र सामाग्री वितरण गरिएको छ ।जिल्ला पशु सेवा कार्यालयले बिहीबार पोखरेबगर स्थित गाउँपालीकाको कार्यालयमा आयोजित कार्यक्रममा रघुगंगाको भगवती, बेग, अन्नपूर्णको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ र शिखका ६३ जना कृषकहरुलाई विभिन्न औजार वितरण गरेको हो । परम्परागत रुपमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालीकाको कार्यालयमा तालाबन्दी

म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालीकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधी तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।गाउँपालीकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६... पुरा पढ्नुहोस

तराईका बाढी पीडितलाई १ लाख सहयोग

मुस्ताङ १५ भदौ । ‘हिमाल,पहाड,तराई, कोही छैन पराई’ भन्ने उद्घोष सहित कर्मचारी मिलनकेन्द्र तथा जोमसोम महिला समूहले तराईका बाढी पीडितलाई अलग—अलग गरि १ लाख आर्थिक सहयोग प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधवार जोमसोम महिला समूहको तर्फबाट संस्थाकी अध्यक्ष शर्मिला गुरुङ र बिहिवार कर्मचारी मिलनकेन्द्रको तर्फबाट संस्थाका अध्यक्ष महेश... पुरा पढ्नुहोस

म्याग्दीका विद्यालयमा मनाइयो पुस्तकालय दिवस

म्याग्दी, १५ भदौ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा १० औ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ ।रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङको ब्यवस्थापनमा विद्यालय स्थापना गरिएको पुस्तकालयमा ‘सबै कुरा छोडौं र पढौं’ भन्ने अभियान अन्र्तरगत बिहिबार प्राथमिक तहका विद्यार्थीले आफुँलाई मनपर्ने पुस्तक अध्ययन गरेर दिवस मनाएका... पुरा पढ्नुहोस

नीति तथा कार्यक्रममा अपाङ्गमैत्रीको माग गर्दै नगरपालिकामा पैरवी पत्र

म्याग्दी, १५ भदौँ । अपाङ्ग संघ म्याग्दीले बेनी नगरपालिकाको नीति तथा कार्यक्रममा अपाङ्गमैत्री र प्रभावकारी कार्यान्वयनको माग गर्दै पैरवी पत्र बुझाएको छ । नगरपालिकाले विभिन्न नीति निर्माण योजना कार्यान्वयन गर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई हरेक क्षेत्रमा समेट्न माग गर्दै बेनी नगरपालिकाको उप–मेयर सन्जु बरुवालाई पैरवी पत्र बुझाएका हन् । पैरवी पत्र... पुरा पढ्नुहोस

मेलाहरुलाई व्यवस्थित गर्न स्थानीय तहलाई जिल्ला सुरक्षा समितिको आग्रह

म्याग्दी, १५ भदौ । विभिन्न चाडपर्वको अबसरमा हुने मेला तथा जात्राहरुलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समितिले म्याग्दीका सबै स्थानीय तहहरुलाई आग्रह गर्ने निर्णय गरेको छ । विहिवार बसेको समितिको बैठकले जिल्लाको ग्रामिण भेगमा सामुदायिक विद्यालयमा पढाई बन्द गरेर मेला लगाउने, हप्तौ दिनसम्म पनि मेलापर्वका कार्यक्रम गर्ने जस्ता कारणले बालबालिकाहरुको पढाई... पुरा पढ्नुहोस

कारागारका कैदीलाई पुस्तक हस्तान्तरण

म्याग्दी, १५ भदौँ । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । दशौ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा म्याग्दी सामुदायिक पुस्तक र पुस्तकालय संजाल समिति म्याग्दीको आयोजनामा जेल जीवन बिताएका कैदीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको हो । चौकीधार प्रमुख कमल पुर्जालाई पुस्तक तथा सामाग्री हस्तान्तरण... पुरा पढ्नुहोस

धौलागिरिमा प्रतिनिधि सभामा ५,प्रदेशमा १० निर्वाचन क्षेत्र निर्धारण, कुन तह कुन क्षेत्रमा परे ? विवरण सहित

म्याग्दी, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले धौलागिरीमा प्रतिनिधि सभाको लागि ५ र प्रदेश सभामा १० निर्वाचन क्षेत्र निर्धारण गरेको छ । आयोगले प्रतिनिधि सभाको लागि म्याग्दी, पर्वत र मुस्ताङमा एक/ एक र बागलुङमा दुई निर्वाचन क्षेत्र निर्धारण गरेको हो । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र बराबर प्रदेशमा दुई... पुरा पढ्नुहोस

मल्लाज बहुउद्देश्यीय सहकारीको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न

पर्वत, १४ म्याग्दी । पर्वतको जिल्लाको जलजला गाउँपालिका अन्तर्गत मल्लाज माँझफाटमा रहेको मल्लाल बहुउेश्यीय सहकारी संस्थाको दशौँ साधारणसभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले अध्यक्षता ग्रहण गर्नुभएको थियो । चौथो साधारण सभाले लालबहादुर अधिकारीको अध्यक्षतालाई निरन्तरता दिदै ११ सदस्यीय नया कार्यसमिति चयन गरेको... पुरा पढ्नुहोस