ताजा अपडेट

पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना

बेनी,वैशाख १० गते । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीका एक सय बढी वनमा डढेलो

म्याग्दी १० वैशाख । म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीको घटनाले जिल्लामा रहेका वनजङ्गलहरु सखाप पार्न थालेको हो । पछिल्लो एक सातायता जिल्लामा दिनहुँ डढेलोको घटना बढ्न थालेको छ । एक सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी... पुरा पढ्नुहोस

जोखिममा हिमताल, सावधानीको खाँचो

गण्डकी, १० वैशाखः मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो... पुरा पढ्नुहोस

हिंसामा प्रतिकार गर्न किशोरीलाई आत्मरक्षा तालिम

किशोरी तथा बालिकामाथि हुने हिंसाका घटना बढ्न थालेपछि म्याग्दीमा हिंसामा प्रतिकार गर्ने सीप सिकाउन तालिम दिन थालिएको छ । पछिल्लो समय किशोरी तथा बालिकाहरुमाथि शारीरिक, मानसिक र सामाजिक सञ्जाल लगायतका विभिन्न माध्ययमबाट यौनजन्य दुव्र्यवहार, हिंसा र चरित्र हत्या गर्नेजस्ता गतिविधि बढ्न थालेपछि किशोरी र बालिकाहरुलाई हिंसा प्रतिकार र कानुनी उपचारको... पुरा पढ्नुहोस

जंगलमा डढेलो लागेपछि गाउँ पसे जनावर

९ वैशाख, म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली... पुरा पढ्नुहोस

राहुघाटमा निर्माणाधीन ५ विद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने रघुगंगा नदिमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने रघुगंगा यसका र सहायक नदीमा सञ्चालित ती आयोजनाको क्षमता १६७.३ मेगावाट रहेको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन... पुरा पढ्नुहोस

पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल लियो गति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।... पुरा पढ्नुहोस

बावियाचौरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ सुरु (फोटो फिचर)

म्याग्दी ८ वैशाख । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा सुरु भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ... पुरा पढ्नुहोस

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

म्याग्दी  ८ वैशाख । अष्ट्रेलियाका पिटर जेटी हल सन १९९३ मा पहिलो पटक भ्रमणको सिलसिलामा म्याग्दी आउनुभएको थियो । ट्रेकिङ पर्यटकका रुपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को पर्यटकीय स्थल खोप्रा–खयर क्षेत्रको भ्रमणमा आउनुभएका पिटर अहिले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा सक्रिय हुनुहुन्छ । नेपालको पहिलो भ्रमणका क्रममा खोप्रा खयर क्षेत्रमा पुग्नुभएका पिटर... पुरा पढ्नुहोस

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। सिमलचौर लगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तुँवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ... पुरा पढ्नुहोस