डेनमार्कमा मोना गठन, अध्यक्षमा राजन थापा चयन

  • ११ असार २०८१, सोमबार
  • 145 पटक पढिएको

म्याग्दी, १० असार । डेनमार्कमा राजन थापाको नेतृत्वमा म्याग्दी प्रवासी नेपाली संघको (मोना) गठन  भएको छ। आईतबार भएको भेलाबाट थापाको अध्यक्षमा गठन भएको मोना डेनमार्कको कार्यसमितिको उपाध्यक्षमा उषा पुर्जा, मिलन केसी, सचिवमा सन्तोष भण्डारी, सहसचिवमा मुकुण्द्र सुवेदी र कोषाध्यक्षमा दिलिप जुग्जाली चयन भएका छन् ।

 

सदस्यहरुमा पदम शर्मा, संचय कार्की, झलककुमारी पाईजा, लक्ष्मण गर्वुजा, ओमकार केसी, धनबहादुर पुन, रविन तिलिजा, निशान भण्डारी, नुलबहादुर गवुर्जा पुन रहेका छन् । गठन भएको कार्यसमितिको संरक्षकमा कृष्ण पौडेल र सल्लाहकारमा चित्र पुर्जा रहनुभएको छ ।

डेनमार्कमा रहेका म्याग्देलीहरुलाई मोनामा आवद्ध गर्ने, रोजगार र अध्ययनको शिलशिलामा आएकालाई समस्या पर्दा सहयोग गर्ने, जिल्लाको सामाजिक क्षेत्रमा सहयोग गर्ने लगायत विषयमा नयाँ कार्यसमितिविच छलफल भएको सदस्य निशान भण्डारीले जानकारी दिनुभयो ।