रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

  • १५ असार २०८१, शुक्रबार
  • 669 पटक पढिएको

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो ।

रेडमी मोवाइल कम्पनीको गण्डकी धौलागिरीको आधिकारीक विक्रेता यन्त्र कम्पनीले बेनी, बागलुङ र कुश्माका मोवाईल व्यवसायिहरुको भेला गरेर नयाँ फिचरका साथ बजारमा विक्रिका लागि आएको रेडमी १३ को औपचारिक रुपमा विक्रि वितरण सुरु गरेको हो ।
कार्यक्रममा कम्पनीका सञ्चालक मनोहर श्रेष्ठ, अर्जुन गिरी र एरिया म्यानेजर रामजी पौडेलले रेडमी कम्पनीको मोवाइल गुणस्तरीय, टिकाउ र भरपर्दो भएकाले ग्राहकको मन जीत्दै बजारमा विक्रि हुने मोवाईल कम्पनीहरुमध्ये एक नम्बरमा रहेको जानकारी गराउनुभएको थियो । यसअघिका रेडमी मोवाइलहरुले भन्ना नयाँ फिचरका साथ आएको रेडमी १३ मोडलले अझै धेरैको मन जित्ने दावि गरिएको छ ।