बेनीको कालीपुलमा बाढी पस्यो, ६ वटा पसलमा क्षति
- १२ असार २०८१, मंगलवार
- 9244 पटक पढिएको
बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारमा आज बाढी पसेर ६ वटा पसलमा क्षति पुगेको छ। बेनी नगरपालिका–८ कालीपुलमा रहेका ६ वटा सवारी साधन बिक्री र मर्मत गर्ने पसलमा बाढी पस्दा १ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ। क्याम्पसचोकको पाखोबाट आएको बाढीले नाली बुझिएर सडकबाट बगेर आज बिहान पसलभित्र पसेको हो। 

यसैगरी चुमन शाहको टायर बिक्री तथा मर्मत केन्द्र, अनिल शर्मा, राजेश तामाङ र मनोहर गुप्ताको सवारी साधन मर्मत तथा पाटपुर्जा बिक्री गर्ने पसलमा पनि बाढी पसेर क्षति पुगेको वडा अध्यक्ष कर्माचार्यले बताए। ४ वटा पसलमा ३० लाख रुपैयाँ मूल्य बराबरको सामान र उपकरण क्षति भएको छ।

बेनी नगरपालिकाले बाढी पन्छाउन डोजर परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीहरूले बाढी पन्छाउने र पुरिएका सामान निकाल्न सघाएका छन्। बुझिएको नाली सफा गरेर खोल्सामा आउने पानी र बाढीलाई खोल्साबाटै बगाउने प्रयास गर्ने वडा अध्यक्ष कर्मचार्यले बताए।