ताजा अपडेट
मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना, २१ जना घाइते
- 1 बर्ष, 10 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
मुस्ताङ : मुक्तिनाथबाट जोमसोम आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले प्रदेश ३-०१-००६ ख ६२२ नम्बरको बस कागबेनी मोडमाथि दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जानकारी दिएका छन्। उनका अनुसार घाइतेहरूको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 10 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली... पुरा पढ्नुहोस
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
- 1 बर्ष, 10 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी, १८ वैशाखः गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना... पुरा पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति माथि परेको रिट खारेज
- 1 बर्ष, 10 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
काठमाण्ठौ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्रीको बहुमत... पुरा पढ्नुहोस
इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
- 1 बर्ष, 10 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
इलाम, १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई, नेकपा माअाेवादी केन्द्,... पुरा पढ्नुहोस
गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको कार्यशाला
- 1 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको एक दिने कार्यशाला सम्पन्न भएको छ । नेफस्कुनको प्राविधिक सहयोग र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार १० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा म्याग्दी, कास्की, गोरखा, तनहुँ, स्याङ्जाका विभिन्न ११... पुरा पढ्नुहोस
पर्वतमा धमाधम विद्यालय समायोजन
- 1 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
पर्वत, १७ वैशाख : विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको... पुरा पढ्नुहोस
बेनीमा जेसीजद्धारा रक्तदान
- 1 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनी अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो । नेपाल जेसीजले सुरुवात गरेको जेसीज नेपाल राइज कार्यक्रम अन्तरगत म्याग्दी जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल... पुरा पढ्नुहोस
म्याग्दीका लेकाली जङ्गलमा ढकायो टिप्ने चटारो
- 1 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी १७ वैशाख । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीका स्थानीयले वनजङ्गलमा पाइने ढकायोको सागलाई तरकारी बनाएर उपभोग गर्ने गर्छन् । जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायतका गाउँबस्तीमा तरकारीको रुपमा... पुरा पढ्नुहोस
म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते
- 1 बर्ष, 10 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो । आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस