ताजा अपडेट

प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र

काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम... पुरा पढ्नुहोस

दैनिक ३५ करोड राजस्व लुट

काठमाडौं, १९ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न

म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा

बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो

म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा... पुरा पढ्नुहोस

शान्ति कोषलाई जापानबाट तिन लाख पचास हजार जुट्यो

  म्याग्दी, १८ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ ।म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको... पुरा पढ्नुहोस

रघुगंगालाई अर्गानीक बनाउने निणर्य

    म्याग्दी १८ फागुन  म्याग्दीको रघुगंगा गाउँपालीकालाई अर्गानीक (प्राङगारीक) बनाउने विहिबार बसेको कार्यपालीका बैठकले निर्णय गरेको छ । मौवाफाँट स्थित कार्यालयमा बुधबार बसेको कार्यपालीका बैठकले जैविक खेती प्रबिधिलाई प्रोत्साहन, बिषादी र रासायनीक मलको प्रयोग न्युनीकरण गरि अर्गानीक बनाउने निर्णय गरेको हो ।हाल न्युन मात्रामा भैरहेको बिषादी र रासायनीक... पुरा पढ्नुहोस

सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर

          [caption id="attachment_16430" align="alignnone" width="800"] म्याग्दी, १७ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा होली हर्षोल्लास पूर्वक रुपमा मनाईएको छ । होलीले सदरमुकाम लगायत गाउँहरु होलीमय बनेको छ । [/caption] वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने... पुरा पढ्नुहोस

मुलुकको समृद्धिको लागि हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना : मन्त्री थापा (भिडियो सहित)

म्याग्दी १७ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिको लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । https://www.youtube.com/watch?v=d5Y3ayv5xDQ&feature=youtu.be मन्त्री थापाले... पुरा पढ्नुहोस

तलब नदिएकाे विराेधमा बेनी नगरपालीका विरुद्ध शिक्षक महासंघको आन्दोलन घोषणा

बेनी १६ फागुन । समयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालीका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालीकाले शिक्षकहरुको माग... पुरा पढ्नुहोस