भारतीय दुताबासले उपलब्ध गराएको एम्बुलेन्सको सेवा सुरु

  • ७ चैत्र २०७४, बुधबार
  • 1725 पटक पढिएको

म्याग्दी, ७ चैत । नेपाल रेडक्रस सोसाईटीले नयाँ एम्बुलेन्स मार्फत सेवा सुचारु गरेको छ , हालै भाररतीय दुतावासले रेडक्रस म्याग्दी शाखालाई उपलब्ध गराएको एम्बुलेन्सको बुधबारदेखि सेवा सुभारम्भ गरिएको हो । बेनी स्थित रेडक्रसको कार्यालय परिसरमा औपचारीक कार्यक्रम र धार्मीक बिधी अनुसार पुजापाठ गरेर एम्बुलेन्सको सेवा सुरु गरिएको रेडक्रस म्याग्दी शाखाका सभापती लेख बहादुर हमालले बताउनुभयो ।

उहाँले रेडक्रसले विगतमा पनि एम्बुलेन्स मार्फत विरामीहरुलाई सेवा प्रदान गर्दै आएको बताउँदै नयाँ एम्बुलेन्सले उपचारको लागि अस्पताल र जिल्लाबाहिरका अस्पतालमा पुग्नको लागि सहयोग पुग्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, भुपु सैनीक कल्याणकारी संघका जिल्ला अध्यक्ष मिनबहादुर कार्की, स्थानीय तहका जनप्रतिनिधि, रेडक्रसका पदाधीकारी र राजनितिक दलका प्रतिनिधिको उपस्थितीमा उक्त एम्बुलेन्सको सेवा शुभारम्भ गरीएको थियो ।

भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा दुतावासले रेडक्रस म्याग्दी शाखा र म्याग्दीकै अन्नपूर्ण गाउँपालीकालाई एक÷एक वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । उत्तरी क्षेत्रको लागि अन्नपूर्ण गाउँपालीकाले गत माघदेखिनै एम्बुलेन्स सेवा सुरु गरेको थियो । रेडक्रसले बेनी आसपास र पश्चिमी क्षेत्रमा सेवा दिने गरी सञ्चालन गर्ने जनाइएको छ । नयाँ एम्बुलेन्स सेवा सुचारु भएपछि ग्रामिण क्षेत्रका सर्वसाधारण एम्बुलेन्स सुबिधाको अभावमा समयमै अस्पताल पुग्न नपाउने र महँगो खर्च गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।