लमसुङ माविमा कक्षा कोठा भवन निर्माण

  • ७ चैत्र २०७४, बुधबार
  • 2451 पटक पढिएको

म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।

गुड नेवर्स ईन्टरनेशनलको १९ लाख ५९ हजार ९१३ रुपैया र स्थानीयबासीको छ लाख १७ हजार ४२७ रुपैया बराबरको श्रम तथा बस्तुगत लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो ।२०७४ असोजदेखि निर्माण सुरु भएको भवन सम्पन्न गरी मंगलबार जनप्रतिनिधी, अभिभावक र दातृ संस्थाका प्रतिनिधिको उपस्थितीमा आम्दानी खर्च विवरण सार्वजनीक गरिएको छ ।

भुकम्प प्रतिरोधी क्षमत्ताको उक्त भवनमा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रअ तुलसीनाथ सुवेदीले जानकारी दिनुभयो । संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना अन्तरगत गुड नेवर्स ईन्टरनेशनलले विद्यालयलाई चार थान कम्प्युटर, प्रिन्टर र विज्ञान प्रयोगशालाका सामाग्री उपलब्ध गराएको थियो । विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनका लागि एक हजार ८९० वाट क्षमत्ताको सोलार जडानका लागि दुई लाख २२ हजार ८५० रुपैया अनुदान उपलबध गराएको संगम म्याग्दीका शिक्षा अधिकृत चिरञ्जिवी रेग्मीले बताउनुभयो । सोलार खरिद गर्न विद्यालयले दुई लाख २७ हजार २५० रुपैया लगानी गरेको छ ।

भौगोलिक रुपमा विकट र साठी प्रतिशत दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने लमसुङ माविको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण, प्रयोगशाला, सोलार जडान, बालकक्षा व्यवस्थापन, शैक्षिक सामाग्रीमा सहयोग गरिएको अधिकृत रेग्मीले बताउनुभयो । कक्षा दश सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत छन् । सन २०१३ देखि लागू भएको परियोजनाले धौलागिरी गाउँपालीकाको गुर्जा, लुलाङ, मुदा, मुदी र मराङका सामुदायीक विद्यालयमा अध्ययनरत बालबालीकाको शिक्षा, विद्यालयको शैक्षिक गुणस्तर सुधार, अभिभावकको आयआर्जन लगायतका क्षेत्रमा सघाउदै आएको छ ।

वडा अध्यक्ष गमबहादुर बि.कको अध्यक्षता, शिक्षक मोहनराज पौडेलको सञ्चालन र बलदेवी पुर्जाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा एसईई परिक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाई गरिएको थियो । शिक्षक प्रकाश केसीले छात्रावास र भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले भवन निर्माण सम्बन्धि आम्दानी खर्च विवरण सार्वजनीक गर्नुभएको थियो ।