मुस्ताङमा एस.ई.ई.परिक्षा तयारी पूरा ‘नियमिततर्फ १ सय ४२ र खुल्लातर्फ ३ प्रशिक्षार्थी’

  • ७ चैत्र २०७४, बुधबार
  • 2253 पटक पढिएको

मुस्ताङ चैत्र ७ । माध्यमिक शिक्षा परिक्षा(एस.ई.ई.) २०७४ अन्तर्गत हिमालपारीको जिल्ला मुस्ताङमा नियमिततर्फ १ सय ४२ र खुलातर्फ ३ जना प्रशिक्षार्थी परिक्षामा सामेल हुने भएका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार परिक्षालाई शान्तिपूर्ण र मर्यादित तवरले संञ्चालन गर्न परिक्षाका संम्पूर्ण तैयारी पुरा भएको जनाईएको छ ।

यसवर्ष नियमिततर्फ जिल्लाका कुल ८ बिद्यालयका जम्मा १ सय ४२ प्रशिक्षार्थीले परिक्षा दिने भएका हुन्, भने खुल्ला तर्फ जनहित माध्यमिक बिद्यालयका ३ जना प्रशिक्षार्थी एस.ई.ई. मा सामेल हुने जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार थासाङ गाउँपालिकाका ३ बिद्यालय,घरझोङ गाउँपालिकाका २ बिद्यालय र १ आवासिय बिद्यालय,वारागुङ गाउँपालिकाका र लोमान्थाङ गाउँपालिकाका १\१ बिद्यालय छन्,भने लोघेकर दामोदरकुण्ड गाउँपालिकामा माध्यमिक शिक्षा नभएकाले सहभागिता नभएको जनाए ।

मुस्ताङ सदरमुकाम जोमसोममा संञ्चालित २ बिद्यालय मध्ये सबैभन्दा बढी परिक्षार्थी जनहित मावि २९ र धौलागिरी आवासीय मावि २९ प्रशिक्षार्थी एस.ई.ई. परिक्षामा सहभागिता जनाउने सहायक केन्द्राध्यक्ष माधवजी भण्डारीको भनाई छ ।त्यस्तै,परिक्षामा सबैभन्दा कम प्रशिक्षार्थी सामेल गराउनेमा जनवाल मावि मार्फाको ५ प्रशिक्षार्थी रहेको जानकारी दिए।उनका अनुसार ज्ञानोदय मावि लेते १७,जनआर्दश मावि कोवाङ १६,योगेन्द्र मावि २२,जनशान्ति मावि कागबेनी १० र उपल्लो मुस्ताङमा संञ्चालित दिब्यदिप मावि छोसेरका ११ जना बिद्यार्थी छन् ।

हिउँदको चिसो छल्न बेशी झरेका उपल्लो मुस्ताङको घुम्ती बिद्यालय दिब्यदिप मावि छोसेरका बिद्यालय र शिक्षक प्रतिनिधि जोमसोम फर्किएको सो बिद्यालयका प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बिद्यालयका बिद्यार्थिीलाई पोखरा बिजयपुरमा घुम्तीकक्षाको पढाई गरेका बताउँदै अन्य बिद्यार्थी थाँती राखेर एस.ई.ई. परिक्षा दिन ११ बिद्यार्थीलाई मुस्ताङ ल्याएको जनाए ।उनले कार्तिक देखि घुम्तीमा रहेका बिद्यार्थीलाई बैशाखको पहिलो साता साविक बिद्यालयमा लगेर पढाई संञ्चालन गर्ने जानकारी दिए । गतवर्ष १ सय ६९ जना परिक्षार्थी एस.ई.ई. परिक्षामा सामेल भएकोमा यसवर्ष २९ परिक्षार्थी कम भएको केन्द्राअध्यक्ष टेकबहादुर रानाको भनाई छ ।जिल्लाको नियमित माध्यमिक परिक्षाकेन्द्र रहदे आएको जनहित मावि जोमसोममा परिक्षा दिन जिल्लाका ८ बिद्यालयका बिद्यार्थी र प्रतिनिधि जोमसोममा एकत्रित भएका छन् ।

केन्द्राअध्यक्ष रानाका अनुसार भोली हुने परिक्षाका लागि १ जना सहायक केन्द्राअध्यक्ष,निरीक्षक ६ जना र ३ जना सहायक कर्मचारी गरेर ११ जना प्रतिनिधि परिक्षामा खटिने जानकारी दिए ।त्यस्तै भोली हुने परिक्षाका लागि शान्पिूर्ण र मर्यादित तुल्याउन जिल्ला प्रहरी कार्यालय जोमसोमबाट सव अफिसियरको नेतृत्वमा नेपाल प्रहरीका १० जना सुरक्षाकर्मीले आलोपालो सुरक्षा प्रदान गर्ने प्रहरी नायब उपरिक्षक रामहरी पाण्डेले जानकारी दिए ।