ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खत्री चयन

  • ३० चैत्र २०८२, सोमबार
  • 1 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा कमल खत्री चयन हुनुभएको छ । आइतवार विद्यालयमा आयोजित आभ भेलाबाट खत्रीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा कमला शर्मा, बुद्धि खत्री, विना खत्री, गुनमाया तिलिजा -निशा) , तेजमान विक, वडा प्रतिनिधिमा वडा सदस्य जितबहादुर खत्री, शिक्षक प्रतिनिधिमा दुर्गादक्त रिजाल र सदस्य सचिबमा विद्यालयका प्रधानध्यापक बिजय शर्मा चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष खत्रीलाई निवर्तमान अध्यक्ष हरिप्रसाद सुवेदीले निर्णय पुस्तीका सहित जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष खत्रीले विद्यालयको शैक्षिक उन्नयनका लागि विद्यालय परिवारसंगै अभिभावक र सरकारी पक्षबिचमा आबश्यक समन्वय गर्ने बताउनुभयो ।
उहाँले विद्यालयको शैक्षिक वातावरणलाई बालमैत्री र थप सुधार गर्न संरचनागत सुधार र अभिभावक शिक्षाको लागि समेत निश्चित कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो । आभ सभामा गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले सरकार, समुदाय , व्यवस्थापन समिति र शिक्षकहरुबिचको सहकार्यले मात्रै सामुदायिक विद्यालयको शैक्षिक विकास सम्भव रहेकोमा जोड दिनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सुवेदीले आफ्नो कार्यकालयमा विद्यालयको भौतिक र शैक्षिक विकासमा उल्लेख्य प्रगति भएको बताउँदै कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा शिक्षक अर्जुन पौडेल, व्यवस्थापन समितिका सदस्य कमला केसीले मन्तव्य राख्नुभएको थियो शिक्षक अभिभावक संघका अध्यक्ष सुमित्रा शर्माको स्वागत तथा शिक्षक सुरेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।