दलित समुदाय शुद्ध र उपल्लो कोटिको शिल्पीकार हौं ! कसरी भयौं, अछुत र तल्लो जाती ?

  • ८ फाल्गुन २०७३, आईतवार
  • पुर्ण बहादुर विक (पहाडी )
  • 3378 पटक पढिएको

kl

नेपालमा जातीयताको विरुद्ध२००७ देखी १० वर्षको जनयुद्ध हुँदै २०६२/६३ सम्ममा विभिन्न प्रकारका आन्दोलन हुँदै आएको छ, आन्दोलन र युद्धमा दलितको सहभागिता उल्लेख भएपनि अधिकार पाउने कुरामा न्युन छ। भुमिका ठुलो अधिकार सानो हुदै गएकोमा दुईमत छैन, जब मल्ल राज्यको पालामा जातिपातीको विभाजन भयो, नेवार समुदायभित्र जातीयताको विखण्डन ल्याउन मल्ल राज्यको ठुलो भुमिका खेले त्यसको सिको गर्दै अन्य राज्यले पनि हिन्दुवर्णश्रमको आधारमा जातीयताको राज्यसंचालन गरे । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहले पनि त्यही कुरालाई पुन लागू गरेको देखिन्छ ।

तर राणा शासन काल मा नेपालमा पनि माधवराज जोशीले अछुतहरुलाई समान धार्मिक अधिकार दिलाउनको लागी वेदको उपदेशमा बिगुल फुक्दा समाजका केही शिक्षित वर्गहरुले राणालाई उचालेर जेल हाल्न लगाए। माधाव राजका सुपुत्र अमर शहिद शुक्रराजले बाबुले थालेको कार्यलाई अगाडी बढाउँदा जेलमात्र होइन फासी समेत लगाइयो  ।

बेदको केही उपदेश! जसरी मैले यो कल्याणीवाणी मनुष्य मात्रको लागि दिएको छु। यसैगरि तिमी पनि ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र आफ्ना नातेदारलाई पनि वेदको उपदेश देऊ।’ जसरी परमेश्वर पक्षपात लाई छोडेर ब्राह्मण, क्षत्रि, वैश्य र शुद्रमा समान प्रीति गर्दछन। त्यसरी नै हामी पनि सबैमा एकै समानको प्रीति गरौ। हामी मध्ये कुनै ठुलो सानो छैन। हामी सबै आपसमा भाइ भाइ हौ भनिएको छ।

विष्णुस्मृति १÷१६६ मा सबै वर्णका बालक युवा प्रौढले शुद्रले पकाएको भोजन गर्नु भनेर उल्लेख गरिएको छ। अछुत कोहि छैन, कोहि उच्च,निच हुदैन ! भन्ने कुरा इतिहासकारहरुले वर्णन गरेको पाइन्छ। त्यसबेला देखी अहिले सम्म अछुतो जाति बनाइएको शुद्र, दलितको भुमिका महत्त्वपूर्ण रहयो। शरीरमा लगाउने कपडादेखी भान्सामा चाहिने विभिन्न सामग्रीदेखी मन्दिरमा बजाउने घण्टासम्मको निर्माणमा प्रमुख भुमिका नै रहयो । त्यही घण्टा हिन्दु मन्दिरमा शुद्ध भयो, तर घण्टा बनाउने शिल्पीकार अशुद्ध , समाजलाई आवश्यक पर्ने, हरेक किसिमको शिल्पीकलाबाट निर्मित सामग्री दलितले नै निर्माण गरेको कहि कतै लुकेको छैन।

तर सीप र कलाको सम्मान दलितले न हिजो को राजतन्त्र, राणाशासनको पालामा पाए ,न आजको गणतन्त्रमा पनि आफू सम्मान समुदायलाई आखिर अपमान र पशुसरहको जीवन जिउन बाध्य बनाइयो। नेपालमा लोकतान्त्रिक गणतन्त्रको उदय पछि नेपालमा धेरै परिवर्तन भयो, दलित माथीको विभेद विरुद्धमा कानुन पनि बने तर दलित माथि जातियताको आधारमा पशु सरहको व्यबहारमा भने कुनै परिवर्तन भएको छैन।

त्यसैको प्रभाव पछिल्लो केहि घटनाले स्मरण गराउन खोज्दैछ, नेपाली समाजमा दलित नेतृत्वको निरहीता हुँदै गएको देखिन्छ, पछिल्लो समय मा घटेको घटनाहरुको तुलना गर्ने हो भने अन्तरजातीय विवाह गरेको सात महिना बित्न नपाउदै सिन्धुपाल्चोक कुन्चोक ९ की १६ वर्षीया माया विकलाई जातीय कारण देखाउँदै घरपरिवारले समेत अस्वीकार गरेको कारण कलिलो उमेरमा जातीयताको निच सोचाइ न्युन चेतनाको कारण बुझाइ र सोचाइको कमिले गर्दा हत्या हुन पुग्यो, विक र तामाङ जाति हिन्दु धर्म अनुसार खासै फरक छैन, दुबै जाती शुद्र भित्रनै पर्छन्।

उता टिचिङ हस्पिटलमा कुहिएर बसेको लासहरु अजित मिजार ,लक्ष्मी परियार लगायत देसैभरी घटेका घटनाहरु हुन ! पिडक हत्यारा हरु खुलेआम युद्ध जितेर आएको योद्धाझैँ मुस्कान दिदै दलित नेतृत्व लाई गिज्याइरहेको छन । समाजमा मर्दा मलामी, जिउँदो को जन्तीमा हातेमालो गर्ने, समुदायनै जातीयताको आधारमा दलितलाई मन्दिरभित्र पस्यो भन्दै ५००० जरिवाना गरिन्छ , मन्दिर भनेको आस्थाको घर हो !

आस्थाको घरमा पस्न पनि जरिवाना तिर्नुपर्छ, भने किन चाहियो त्यो आस्थाको घर हिन्दु धर्म रक्षाको लागी उपदेश दिने महासहीहरुले समाजमा भएको यी घटना कहिले देखेन्न। समाजमा के भएको छ भनेर बुझ्ने प्रयास पनि कहिले गरेनन् ,उता धर्मपरिवर्तन भयो भन्दै ठुलो ठूलो स्वरमा महावचन दिन्छन्। बेदको उपदेश कहिल्यै समाजमा शिक्षा दिने प्रयास गरेको देखिदैन। एउटै घरको दाजुभाइमा मिलेमतो भएन, भने दुई भाइको दुईवटा घर हुनु स्वभाविक नै भन्ने कुरा बुझ्नु अति आवश्यक छ।

एउटै समाजमा बसेका आफूजस्तै मानवलाई पशुसरहको व्यबहार गर्नु कतिको जायज हो, एउटै समाजमा बसेको आफूजस्तै समुदायको सीपबाट निर्मित सामाग्री शुद्ध हुने ! त्यही शिल्पी समुदायलाई अछुत बनाउने । अछुत बनाएको समुदायले निर्माण गरेको घण्टा आस्थाको घरमा बजाउदा शुद्ध हुने। किन लगाउछौ शिल्पीकारले सिलाएको कपडा, शिल्पीकार अछुतो हो, भने अछुतले सिलाएको कपडा अछुतनै भएनर के अब अछुतो कपडा नलगाई नाङ्गै हिंड्न् सक्छौ ?

अछुत शिल्पीका र सुनारले बनाएको मङ्गलशुत्र, सिक्री गलामा लगाउदा कसरी शुद्ध भयौं, के गला नै काटेर फाल्न सक्छौ ? अछुत शिल्पिकार सार्कीले बनाएको जुत्ता खुट्टामा लगाउछौ के खुट्टा नै काटेर फाल्छौ ? पक्कै पनि सक्दैनौं ! सक्दैनौं भने शिल्पीकार समुदायलाई अछुत भन्नेर अपमान गर्ने, अधिकार पनि छैन ! हामी सबै समान हौं, तल्लो जाती उपल्लो जाति हुनेछैन, हामी सबै एक हौं, समाजमा हामी सबै मानव हौं, मानव, मानव सबै सम्मान हौं !

हामी उपल्लो जाती,तिमी तल्लो जाति होइन, अब हामी सबै दाजुभाइ समान हौं भन्दै परिवर्तनको शिक्षा त दिन सक्छौ ! दलित शिल्पीकारले बनाएको हरेक बस्तु शुद्ध र उपल्लो हुने, बनाउने दलित शिल्पीकार कसरी अशुद्ध र अछुत हुन्छ , दलित समुदाय शुद्ध र उपल्लो कोटिको शिल्पीकार हौं ! कसरी भयौं दलित अछुत र तल्लो जाती ? शिल्पीकार दलित समुदाय अछुत हुँदै होइनौं ,भन्ने मा कुनै दुई मत नै रहदैन अब ! तर जनसंख्याको ठुलो अनुपात ओगटेको दलित शिल्पीकार समुदायले आफ्नो अधिकार र न्यायका पक्षमा ठिक ढंगले राज्यलाई दवाव दिन नसकेको हो,भन्ने कुरा यहाँनेर स्पष्ट हुन्छ।

कानुन एउटा पाटो हो, घटना भैसकेपछि मात्रै कानुनी उपचार गरिन्छ, घटना भन्ने कुरा जानेर गरिने कुरा होइन। तर यहाँ जातीयताको आधारमा जान्दा जान्दै घटना गराइएको छ , हत्या गरिएको छ, बलात्कार भएको छ फेरि पनि दलित शिल्पीकार समुदाय प्रतिकार गर्न सकेको अवस्था छैन। कानुनी कार्वाही दलित शिल्पीकार समुदायको लागी दिन भरिको सिकार कान्छा बाबुको अनुहार भन्ने उखान चरितार्थ भएको छ।

घटनालाई कानुनी कार्वाहीमा पुर्याउन पनि आन्दोलन गर्नु पर्ने स्थिति दलित शिल्पीकार समुदायको छ।यो अवस्थामा पनि दलित नेतृत्व आफ्ना लागि आफैले अधिकार लेख्ने थलो संविधान सभामा पनि पुगेका छन ! संविधान पनि जारी भएको छ । संविधानमा मौलिक हकका रुपमा दलित हक र जातीय छुवाछूत र दलित विरुदको लागी लेखिएको कानुन कतिको लागु भएको छ, कानुन दलित शिल्पीकार समुदायको लागी कत्तिको उपयुक्त छ घाम जत्तिकै छर्लङ्ग भएको छ।

सद्धियौको विभेद्धमा परेको समुदायमा नयाँ संविधानले जातीयता र आर्थिक मा केहि परिवर्तन दिन्छ, भन्ने ठुलो आशा र भरोसा छ। दलित समुदायको त्यो आशा र भरोसालाई पूरा गर्ने, जिम्मेवारी अब समाज परिवर्तन गर्ने, चाहने र परिवर्तन हुन! चाहने समाजका हरेक तह तप्का का किसान, मजदुर, विद्यार्थी, कर्मचारी ,बुद्धिजीवी नेता, पत्रकारहरुको परिवर्तनशिल बिचार र व्यबहारको आवश्यकता छ।

पुर्ण बहादुर विक (पहाडी )