भुमे पूजाको सन्दर्भ

  • २ असार २०८१, शनिबार
  • 1086 पटक पढिएको

साजन चाेचाङ्गी पुन मगर । एकदिन भुमे (भुमी) पूजा गर्नु र भूमेलाई एउटा पर्वको रूपमा भब्य रूपमा नाँचगान गरेर धुमधामका साथ हप्तौं मात्रै होईन महिना दिनै मनाउनुमा फरक छ। भुमीको एकदिने पूजा धेरै ठाउँमा गरिन्छ तर यसैलाई एउटा मौलिक पर्वको रूपमा महिना दिन सम्म नाँचेर चाहिँ सबैतिर मनाईदैन ! त्यसैले भूमीको एकदिन पूजा गर्नु र यसैलाई एउटा मौलिक पर्वको रूपमा भब्यरूपमा मनाउनुमा आकाश पातालको फरक छ जुन कुराको बारेमा ती मनाउनेहरुलाई जत्तिको थाहा नमनाउनेहरुलाई हुँदैन तर अहिले ती नमनाउनेहरुले नै हामी त प्राज्ञिक र बौद्धिक बर्ग हौं, हामी जस्तो विद्वान तिमीहरू छैनौ भनेर भूमे पर्वको न्वारान गर्न खोज्दैछन्, त्यसैले यहाँ कुरो आएको हो। मगर समुदायले आज देखुभूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ । सम्रग म्याग्दी जिल्ला मा पनि याे पूजा गर्ने गरिन्छ।यसलाई मगर जातिले पर्वकै रुपमा मनाउने गर्दछन् । यो उनीहरुको महत्वपूर्ण पर्व मध्ये एक हो । ठाउँ विशेष अनुसार भूमिको पूूजा गर्ने चलन छ । पुर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको इतिहास छ ।

हुन् त यो पर्व असार १ गतेदेखि नै प्रारम्भ भए पनि आजको दिनलाई विशेष मान्ने गरिन्छ । भूमे पूजाको सम्बन्ध कृषि र बादलसँग रहेको छ । जेठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याई खेत, खरियानमा भूमे पूजा गरिन्छ । लेक अर्थात् बादलहरू रहने उच्च भूमिबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । यस वर्ष देशभरी निकै चर्को गर्मी र खडेरी बढ्दा भ्यागुताको बिहेदेखि अन्य थुप्रै विधिहरू गरेर बर्खाको आह्वान गरिरहेको यस अवस्थामा भूमे पुजाको महत्व झन् बढेको छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न र खेतीपाती राम्रो होस् भन्नका लागि भूमिको पूूजाले महत्व राख्दछ । सनातन दर्शनमा भूमिलाई गौ रूप समान मानिन्छ । त्यस कारण भूमिलाई षोडशोपचारबाट गणपतिको स्मरणका साथै इष्टदेव एवं कुल देवतालाई प्रणाम अभिवादन एवं अर्चनोपरान्त पूजा गर्ने गरिन्छ । भूमिको पूजा गरेमा वर्षभरि कुनै पनि बिपत्ती नआउने विश्वास गरिन्छ । यो पर्वबाट भावनात्मक एकता कायम गरी सामूहिक सोचको विकास गर्न समेत मत्वपूर्ण भूमिका खेल्दछ।