कपटी पुजारीको विकल्प खिर–झाँक्री?

  • १८ जेष्ठ २०८०, बिहीबार
  • 1030 पटक पढिएको

 

नेता भएनन् नेताले देश बिगारे भनेरै धेरै नेपालीको दिन बित्छन्। दिनको के कुरा जिन्दगी बितिसके । यसै बिचमा बैकल्पिक शक्ति निर्माण को प्रयासहरु नभएका होइनन् । ती मध्य विबेकशिल साझा पार्टीले ढुङ्गामुढा गर्ने र रेलिङ भाँच्ने जस्ता गतिबिधि गर्ने दल हरुलाई पेले कार्ड बोकेर माइतिघर मण्डलामा उभिँदै शान्तिपूर्ण बिरोध गर्ने संस्कार सिकाएर गयो यो उस्को महत्वपुर्ण योग्दान हो।

उक्त दल गुमनाम पश्चात् नेपाली जनता गतिलो बिकल्प खोजिरहेका थिए। जहाँ पुराना दलका सिन्डिकेट तोडेर आफ्नो मतदान गर्न पाइयोस् त्यो चाहना राष्ट्रिय स्वतन्त्र पार्टीले पूरा गरिदियो र मतदाताले अफ्नो चाहाना र दायित्व पूरा गर्दै घण्टिमा मतदान गरि रा. स्व .पालाइ चौँथो ठूलो दल स्थापित गरिदिए। प्रश्न यो हो कि के नयाँ भनिने नाम फेरिएका दल आउनु नै देश बिकास हुनु हो? राजनिती संध्रनु हो? नयाँ भन्दा हजारौँ गुणा बढी संघर्र्ष गरेर आएका पुराना दल किन असफल भए? नाम बाहेक नयाँ र पुरानामा के फरक छ? अनि वास्तवमा राजनितिक दलहरु कस्ता हुनुपर्छ? आउनुहोस नेपाली राजनितिको संस्कार बारे चर्चा गरौँ

कपटी–पुजारी

बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि मदन आश्रीत स्मृती दिवस मनाइयो अनौठा तस्वीर हरु सामाजिक सँञ्जालहरुमा देख्न पाइयो। महापापीहरु आएर आफ्नो पापको कद अनुसारको माला लगाइदिए। साम्यवादका र जबज का तन्त्र मन्त्र फलाके यसरी मदनको गुणगान गाउदै पुजा गरे जसरी एउटा कपटी पुजारीले भगवान, शास्त्र अनि पुराण को कथा सुनाएर जजमानको सम्पत्ती कुम्ल्याउछ। यो देखे पश्चात् मलाइ हरेक बर्ष श्रावण–६ गते बिपि स्मृती दिवस मनाउने पुजारीको पनि याद आयो जस्ले यस्तै कपटी पुजा गर्छन् ।

पुजारी नम्बर एक– विकृती वामपन्थी

उ नेता हो उसको राजधानीमा मेडिकल कलेज छ । जसबाट अकुत सम्पत्ती आर्जन गरेको छ। अनि जिल्ला सदरमुकाममा निजि विद्यालय छ। जहाँ गरिबका छोरा छोरी पढ्नै पाउदैनन् अनि उसका बा गाउँको सरकारी विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष छन। उनका ज्वाइँ उक्त बिध्यालयका प्रधानाध्यापक, उसको कान्छो भाइ शिक्षक, उसको मामा हार्डवयर व्यावसायी र भान्जा एक बेरोजगार तन्नेरी गाउँमा छ। गाउँको विद्यालयको छानो चुहिने छ। सरकारी पाठ्यपुस्तक र शैक्षिक सामग्री समयमा आउदैनन् । राम्रो पोसाक पनि लगाउन नसक्ने गरिवका छोरा छोरी मात्रै उक्त विद्यालयमा पढ्न आउछ्न् । यो धनाढ्य परिवार यसरी गाउँको सेवा गर्छ।

बल्ल तल्ल गाउँ को विद्यालयको भवन बनाउने बजेट आउँछ विब्यस अध्यक्ष, हार्डवयर ब्यबसायी मिलेर निर्माण सामाग्रीमा अकुत कमिसन निकाल्छन् । उसको भान्जालाइ भवन निर्माणको जिम्मा दिन्छन् । अनि भवन मापदन्ड विपरीत र कमसल बन्छ । शिक्षक विद्यालय भन्दा निजि काममा समय दिन्छन् । प्रधानध्यापक शैक्षिक सामग्रीमा छुट्याइएको बजेट आफ्नै पकेटमा हाल्छन् । शैक्षिक अबस्था झनै कमजोर बन्छ र गाउँलेले सकि नसकी शहरको निजि विद्यालयमा आफ्ना बाबुनानी भर्ना गर्न बाध्य हुनुपर्छ । महङ्गो शुल्कको मारमा परेपनि निर्विकल्प बन्छ। उनीहरुको लागि निजि विद्यालय।
यसरी समाज र देशको शिक्षा चुसेको जुका मदन भण्डारीको सालिकलाई माला पहिर्याइदिएर छेउमा उभिएर भाषण दिन थाल्छ। काल मास्क देखि लिएर पुष्पलाल हुँदै जबज र मदन भण्डारिको बिचार प्रकट गर्छ र भन्छ “ शिक्षाको ब्यापारिकरण बन्द गरौँ शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो“

पुजारी नम्बर दुई–दलाल पुंजीवादी

सामान्यतया ब्यक्तिगत र प्राकृतिक पुँजीको उपयोग गरि ब्यक्तिले उत्पादन गर्ने र नाफा कमाउने तन्त्र या प्रणालीलाइ पुँजीवाद भनिन्छ। पुँजीवाद आफैमा खराव प्रणाली भने होइन यसैको बलमा विश्वमा औद्योगिक क्रान्ती सम्भव भएको हो। यो प्रणाली त्यति बेला कुनै रास्ट्रका लागि हानिकारक हुन्छ । जतिबेला राज्यको संयन्त्र दलालीकरण हुन्छ। उदाहरणको लागि नेपाललाइ लिन सकिन्छ।

नेपालमा आयातकर्ताहरु नेतालाइ हातमा लिएर पुरै राज्य संयन्त्र दलालिकरण गरि देश उत्पादनहिन बनाए। नेता कमिसनमा मात्रै र्याल काढ्ने व्यापारीहरु आयातमै मात्र रमाउने र आफ्नो देश उत्पादन शून्य बनाउने खेलमा जसरी फसे र त्यसरीनै देशका उद्योग कलकारखाना बन्द गराएर देशको यो आर्थिक हविगत भएको हो। आफ्नो देश उत्पादन शून्य बनाएर कमिसनमा रमाएर बस्ने राज्य संयन्त्रनै दलाल पुँजीवादी हो।

खिर–झाँक्री

कुनै बिरामीलाइ भूत प्रेत लागेको र उक्त भुतप्रेत भगाउने भनेर धामीले ढ्याङ्रो ठ्ट्याउने काम गर्छन् र बोका भाले भोक चढाउनु पर्ने भनेर बिरामिलाइ आर्थिक मारमा पार्ने लगाएत अन्य बदमासी गर्ने गर्छन् ।जुन कुरा बिरामिलाइ थाहा हुदैन र भै हाले पनि तत्काल प्रतिकार गर्न असक्षम रहन्छ । कवड्डी फिल्ममा देखाइएको दृष्य सम्झनुस है खिर नसालु पदार्थ युक्त खुवाएर महिलालाइ गर्भवती बनाएको छ।
हो अहिलेको रास्व पाट्री ठ्याक्कै खिर–झाँक्री हो । नेपाली राजनितिको भ्रष्टाचार र अन्य व्यथितीको बिरोधमा ढ्याङ्रो पिटि रहने आफू भने जनता ढाँटि रहने??

“रक्सी उहीँ बोतल फरक” भने झै अरु पार्टी भन्दा केही फरक नै छैन।

उहीँ राजनैतिक संस्कार बोकेर कसरी बिकल्प दिनसक्छ? जब उसले कार्यकर्ता भर्ती गर्ने शैली उहीँ नेतृत्व चयन गर्ने तरिका उहीँ नाम मात्र ले सुशासन आउछ ? यदि रास्वपा खिर–झाँक्री बन्न चाहदैन भने उसले पार्टी सञ्चालनको शैली फेर्नु पर्दछ। कार्यकर्ता भर्ती गर्दा विशेष मापदण्ड बनाएर इमान्दारिता नैतिकता र स्वच्छन्दता परिक्षण गरेर मात्र भर्ती गर्न सक्नु पर्दछ।

अहिले घण्टीको क्रेज बढे सङ्गै माथी उल्लेखित कपटी पुजारी हरु यता प्रवेशको लर्को लाग्ने निस्चित छ। आफ्ना कर्तुत छोप्नलाइ लोकप्रिय सङ्गठनको सस्तो लोकप्रियता भित्र लुक्न आउनेको संख्या बढ्दो छ। उहीँ समाज उहीँ ब्यक्तिहरु अनि उहीँ तरिकाले पार्टी प्रवेश अनि नाम मात्रै नयाँ ? त्यसैले आफुलाइ खिर झाँक्री बन्न बाट रोक्नलाइ रास्वपाले एउटा फिल्टर रुपि मापदण्ड तयार गरेर कार्यकर्ता भर्ती तथा नेतृत्व चयन गर्न सक्नु पर्दछ। होइन भने ढाकाकुमार हरु प्रवेश गराउने र ढ्याङ्रो बजाएर अर्काको बिरोध गर्नुको कुनै तुक छैन।

बिपिको बिचारको घाँटी निमोठेर प्रचण्डको पछि लाग्ने दलाल पुँजीवादी र मदनको राजनैतिक पुँजी बेचेर ब्याज खाइ रहन खोज्ने हो भने अब अस्तित्वमा रहन मुस्किल छ एमाले कांग्रेसलाई ।

मानिलिनुस मदन भण्डारी त्रिशुलीमा आफै डुबे तर उनको राजनितिक संस्कार उनीसगै डुबाएको तपाइहरुले होइन कम्रेड? हाम्रो पुस्ताले देख्न चिन्न नपाएका जन नेतालाइ भगवान कृष्ण मानेर पुजा गरि रहने अनि दुर्योधन बाट शासित भैरहने? कृष्ण भगवानको पुजालेमात्रै चल्दैन कम्रेड अब कार्यकर्ता भर्ती तथा नेतृत्व चयन गर्दा निश्चित मापदण्ड लाई फिल्टरको रुपमा प्रयोग गरौ जसले दुर्योधनहरु बाहिर र अर्जुन हरु पार्टी भित्र प्रवेश पाउन। कपटी पुजारीको विकल्प अर्जुन हुन खिर–झाँक्री हरु होइनन् । लेखकः रमेश गुरुङ( विप्लव)