“झमझम पानी प¥र्यो गुर्जा बाटोमा”
- ६ असार २०८२, शुक्रबार
- 155 पटक पढिएको
सन्दिप खत्री
प्राकृतिक छटाहरुले भरिएका हरिया भीर–पहरा अनि डाँडापाखाहरु, दन्त लहर झै मिलेका हिमश्रृङ्खलाहरु, चिरविर चिरविर चराचुरुङ्गीका आवाजहरु, हावाका झोक्काहरुको मन्द स्पर्श, छङछङ झरनाहरु अनि कलकल खोलाहरुको आवाज, खुल्ला आकाश, स्वच्छ अनि शान्त र मनोरम वातावरण । यी कुराहरुलाई महसुस गरिरहँदा तपाइको दिमाखमा कस्तो चित्राङ्कीत भयो ? के तपाईलाई यस्तै ठाउँमा जाउँ जाउँ जस्तो लागेन ? सायदै को नेपाली होला यस्तो ठाउँमा जाने चाहना नभएको । धेरै समय भएछ यस्तो सुन्दर अनि आनन्दीत ठाउँको यात्रा नगरेको ।
म अलि बढी नै यस्ता ठाउँहरुमा घुम्न चाहने मान्छे हुँ, तर अचेल धेरै समय भयो व्यस्तताले यस्तो अवसर नजुरेको । व्यस्त पनि यति भइएछ की आफ्नो मनको कुरा समेत सुन्न सकिएनछ । मान्छेले चाहनु पर्छ र निरन्तर प्रयास गर्नुपर्छ अवश्य पनि पुरा हुन्छ भन्ने कुरा यसपालीको यात्राले पुष्टि ग¥यो । म्याग्दी तिर एउटा कथन छ “टुप्पी भन्दा माथि ठाउँ छैन, गुर्जा भन्दा माथि गाउँ छैन” हो त्यही गुर्जा यात्राले ।


करिब ६ वर्ष अगाडीदेखि गुर्जा जाने सपना र योजना दुवै थियो । मेरो पहिलो गुर्जा यात्रा करिब १२ वर्ष अगाडी नै एकपटक भएपनि त्यसयात्राले धित मरेको थिएन, गुर्जा जाने तलतल झन बढाएको थिाये । तसर्थ फेरि पुग्ने सपना थियो । म्याग्दी जेसीजको अभियानलाई जसरी हुन्छ गुर्जासम्म जोड्ने योजना थियो । पटक पटक योजना बनाए पनि सफल हुन सकेको थिएन । २०२२ मा म म्याग्दी जेसीजको शाखा अध्यक्ष हुँदा बखत त सबै तयारी पुरा हुँदा अन्तिम समयमा आएर कार्यक्रम रोकिएको थियो तर यस वर्ष भने बल्ल सबै चाँजोपाँजो मिल्यो अनि हिडियो गुर्जातिर । हरेक कुराको दिन आउनु पर्छ भन्छन नि सायद गुर्जा जाने दिन बल्ल आएछ क्यारे ।

म्याग्दी जेसीज वर्ष २०२५ को कार्ययोजना तयार गर्दै गर्दा यस पटक जसरी पनि गुर्जा जानुपर्छ भनेर शाखा अध्यक्ष जेसी विनोद घर्तिलाई वार्षिक कार्ययोजनामा राख्न लगाएको थिए । पटक पटक योजना बनाउँदा पनि यात्रा सम्भव नभएपछि यस पटक भने करिब ३,४ दिनको तयारीमा गुर्जातिर म्याग्दी जेसीज परिवारको यात्रा प्रारम्भ भएको थियो । कुनै समय बेनीबाट ३ दिन लगाएर गुर्जा पुगेको म आफै यस पटक भने विहानै बेनीबाट हिडेर दिनमै गुर्जा पुग्ने योजना बन्यो । यसको एउटा प्रभाव थियो, केही दिन अगाडी गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री रेशमबहादुर जुग्जालीले गुर्जामा पुगेर दिएको बक्तव्य, उहाँले भन्नु भएको थियो “जम्मा २ घण्टा हिड्यो भने गुर्जा आइ त हालियो”। यो बाक्यले निकै उर्जा दियो ।

वडा अध्यक्ष झकदाइ व्यक्तिगत रुपमा मेरो नजिकको सम्बन्ध भएकाले पनि प्रत्येक पटक योजना बन्दा उहाँसँग मैले नै समन्वय गरिरहेको थिए । गुर्जा जाने योजनाकार मध्य र यसपालि सबै समन्वय गरी मिति, समय सबै तय आफैले गरेपनि विशेष कामले जाने नजाने कुनै टुंगो थिएन, शाखा अध्यक्ष विनोद घर्तिलाई म जाने नजाने टुङ्गो छैन, गुर्जामा सबै व्यवस्था हुन्छ, तपाईहरुले जाने तयारी गर्नुस भन्दा, अनुहार अध्यारो पार्नु भएको थियो । जब २५ गते बेलुका म पनि जाने भए भने पछि बल्ल आनन्दको सास फेर्नु भयो । सबै कुराको चाजोपाँजो मिल्यो अनि २०८२ बैशाख २६ गते विहान ८ बजे बेनीबाट मोटरसाईकलमा १२ जना म्याग्दी जेसीजको टिम गुर्जासँग आत्मियता साट्न अगाडी बढ्यो । मेरो सारथी पर्नु भयो म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठ ।

यात्रा दोस्रो भएपनि मनमा छुट्टैखालका अनुभूति भईरहेको थियो, मनमा उत्सुकता थियो अनि धेरै वर्ष पछिको योजना सफल भएकोमा आनन्दित पनि । विहानको खाना खान करिब ९ः३० बजे शाखा अध्यक्ष विनोद घर्तिको घर ताकममा पुग्यौ । आमाले हामीलाई खाना बनाइ सकेर पर्खिएर वस्नु भएको रहेछ । हामी पुगिसकेपछि शाखा अध्यक्ष विनोद घर्ति स्कुटर रन्काउँदै आइपुग्नु भयो, पूर्व अध्यक्ष अनि गुर्जा यात्राका थप योजनाकार सारथी खम थापा मगर र वीरेन्द्र श्रेष्ठ पनि सोही रफ्तारमा आइपुग्नु भयो । पछि पछि भाइ तेजेन्द्र पनि ।

आमाले बनाउनु भएको खानाले बडो मिठो स्वाद दियो । गाउँको पानी नै मिठो, त्यसमा पनि आमाले पकाएको खाना आहा ! गुर्जा पुग्ने भएकाले बाटोमा जुका लाग्ला, लेक लाग्ला भनेर लसुन अनि टिम्मुरको छोप झोलामा हालिदिनुभयो, आमाको माया अनि मन हो आखिर । गुर्जामा पुग्ने मात्र भन्दा पनि हामीले गर्न सक्ने कार्यक्रम गरौ भन्ने योजना सहित गएका थियौ । जस मध्य गुर्जामा पर्यटन बोर्ड स्थापना गर्नु एक थियो, जसका लागि ताकममा पर्यटन बोर्ड बनाउन लगाएका थियौ । गाडीले माथिसम्म पु¥याईदिन्छ भन्ने कुराकानी भएको थियो तर गाडीसँग सम्पर्क नभएपछि आफै लैजानु पर्ने भयो । बाइकमा समातेर लैजान अप्ठ्यारो देखियो अनि “जहाँ समस्या त्यहाँ उपाय” भन्ने त उक्ति नै छ । महासचिव देबेन्द्र जिले विनोदजिको स्कुटरमा बलियोसँग डोरीले बाध्नु भयो, अनि धुलो उडाउदै मोटरसाईल र स्कुटरहरु हुइकिए म्याग्दीको सबै भन्दा विकट भनिएको गुर्जा तिर आफ्नै रफतारमा । गुर्जाले “छिटो आउँ है म पर्खिरहेको छु” भनेर बोलाए झै अनुभव हुन्थ्यो ।

वडा अध्यक्ष झक दाइलाई हामी ताकमबाट अगाडी बढेको फोन मार्फत जानकारी गराए अनि १०ः३० बजे अगाडी बढ्यौ । ताकमसम्मको सडक धेरै स्तरोन्नती भएको रहेछ, उसो त म आफू नै कम मोटरसाईकल चलाउँछु धेरै समय पछि गाउँको वातावरण अनि व्यस्थित सडक मोटरसाईकल रफ्तारमा चलाउनुको पनि बेग्लै मजा थियो । पछाडीबाट सुविन दाइले गीत गुन्गुनाउँदै हुनुहुन्थ्यो, “बाइरोडको बाटोमा धुलो उडाउँदै……….”, “झमझम पानी प¥यो गुर्जा घाटैमा…..” हामी मात्र होइन, मोटरसाईकलका टायरहरु पनि गुर्जा पुग्ने सडकको पछिल्लो विन्दुसम्म पुग्न निकै उत्साहित थिए, अनि गुड्दै थिए सोही रफ्तारमा ।

यात्रा निकै उत्साहपूर्ण नै हुँदै थियो धुलो उडाउँदै छिटो छिटो गुर्जा पुग्ने उद्देश्य सहित । सोही दिन नै गुर्जा देउराली पुगेर पर्यटन बोर्ड स्थापना कार्यक्रम सम्पन्न गर्ने योजना थियो । जब लमसुङ पुग्ने बेलामा खोला तरेर सिधै उकालो जानु पर्ने बाटो रहेछ, त्यसपछि मोटरसाइकलले हिड्न अलि अप्ठ्यारो माने जस्तो ग¥यो । सुविन दाइलाई बाइकबाट ओरालेर त्यो उकालो कटाए । वीरेन्द्र दाइको बाइक त अझै अगाडीबाट नै हिड्न अल्छि मानेको रहेछ । अगाडी पनि पुरै उकालो बाटो । मोटरसाइकलले तान्ने निकै गाह्रो ग¥यो । सायद बुढेसकाल लाग्यो होला, अनि हिड्ने हतार भएकाले सर्भिसिङ्ग समेत गर्न पाइएको थिएन । लम्सुङबाट लुलाङ वस्तिसम्म पुग्न निकै गाह्रो भयो । त्यही बेलामा हल्का हल्का पानी पर्न थाल्यो, मानौकी गर्मीमा शितलता प्रदान गर्दैछ । एक्लै चढ्यो भने तान्ने तर दुई जना भयो भने पिकअप लिनै गाह्रो । पानीले गर्मीमा शितलता मेटाएर अब भने वर्षन सुरु ग¥यो । सुविन दाइले प्लाष्टिक ओढेर हिड्न थाल्नु भयो म भने केही उकालो एक्लै बाइक चढेर गए । सुविन दाइलाई हिड्न निकै गाह्रो भएको महसुस गरे । सबै साथीहरु अगाडी गईसकेका थिए हामी मात्र पछाडी थियौ । पानी झन ठुलो पर्न थाल्यो । हतार पनि यति हतार गरेर हिडीएछ की म, वीरेन्द्र दाइ, विनोद जिले त पानीबाट बच्न ओढ्ने कुरा हाल्नै छुटेछ । पानीमा रुझ्नुको विकल्प थिएन । लुलाङ गाउँ कटेर केही माथि पुगिसकेका थियौ, अब गुर्जा नपुग्दासम्म कुनै घर वा वस्ति भेटीने सम्भावना नै थिएन । पानीमा रुझ्नु पनिको त छुट्टै मजा थियो, त्यसैमा आनन्द लियौ । केही अगाडी पुगेपछि साथीहरुले पर्खिएर बस्नु भएको रहेछ । सुविनदाइलाई अर्को बाइमा चढाएर अलि कम वजन भएको साथीलाई मेरो बाइकमा राखे तर अवस्था उस्तै । बढो जोडबलले केही माथिसम्म सिंगल चढ्दै, अनि उकालो आयो भने आफू समेत झरेर बाइकलाई मात्र डो¥याउँदै, हल्का तेस्रो बाटो आयो भने साथीलाई चढाउँदै गयौ ।
शरीर साह्रै थकित भएपछि केहीबेर थकाइ मा¥यौ । गुर्जा पुग्ने एकजना बुबा डोकोभरी सामान बोकेर आउँदै हुनुहुन्थ्यो उहाँसँग एकैछिन गफियौ । हाम्रा साथीहरु अगाडी गइसकेको, बाटोले सहजता प्रदान गर्ने अपेक्षा गरेका जस्ता कुरा सुनाउनु भयो । म, वीरेन्द्र, खम, विनोद सँगै थियौ भने अरु साथीहरु कहाँ पुगे पत्तो थिएन, किन भने न त नेटवर्क थियो न त सम्पर्कको अरु कुनै माध्यम । त्यत्ति नै बेला सुमन बानियाँ पनि स्कुटर हुइक्याउँदै टुप्लुक्क आइपुगे । मेरो बाइकमा वस्ने साथीलाई सुमनले एकैछिन लिफ्ट दिएपछि भने बाइक हुइकिन थाले । त्यसपछि त बाटो पनि अलि सहज नै रहेछ । सिमसिम पानीमा भिज्दै घनघोर जंगल, शान्त वातावरण, चराचुरुङ्गीको आवाज श्रवण गर्दै यात्रा गर्नुको छुट्टै मजा थियो । बजारको कोलाहल सुनेर थकित कानहरु, आनन्दीत थिए, नयनहरु उत्साहित थिए अनि मन शान्त । आनन्द बाहेक अरु केही थिएन वस आनन्द । 


बाटोमा जाँदै गर्दा देउरालीमा एउटा मात्र घर । जहाँ पुगेर सुविन दाइले मकै भटमास भुट्न लगाउनु भएछ, तेजेन्द्र भाइ हामीलाई लिन फर्किए, मैले खम दाइलाई बाइकमा राखेर देउराली पुग्यौ । यहाँ त बाइकले पनि गजबले तान्यो सायद देउरालीको सौन्दर्य, अनि प्राकृतिक छटाहरुले उर्जा दिएको हुनुपर्छ । जब देउराली पुग्यौ पानी यसरी प¥यो की मानौ उसले भन्दै थियो तिमीहरु आज यही बस, थकाई मेटाउ अनि आनन्द लिएर जाउँ । पानी निरन्तर परिरहकै थियो हामीले भने मकै भटमास, अनि चाउचाउ र अण्डाको सुप बनाएर खायौ, आमाले दिएको टिम्मुरको छोपले थप स्वाद थप्यो । झण्डै एक घण्टापछि पानी अलि कम हुँदै गयो । त्यत्ति नै बेला खगेन्द्र र विशाल पनि टुप्लुक्क आइपुगे । उनीहरु ताकममै छुटेका थिए हामी अगाडी बढ्दा । पानी कम हुँदा झण्डै ३ बजेको थियो, जब की ३ बजे हामी गुर्जा पुग्ने योजनामा थियौ । बडो मुस्किल सहित उकालो कटेर आएका हामी अब ओरालो जानु थियो । अब भने बाइकले नतानेर हिड्नु पर्छ वा उकालोमा धकेल्नु पर्छ भन्ने मानसिक तनाब थिएन किन भने ओरालो थियो बाटो । तर त्यो सपना पनि एकैछिनमा चकनाचुर भयो । एउटा गीत छ नि “उडायो सपना सबै हुरिले” । तर यहाँ सपना सबैले झरीले उडाएको थियो । भर्खर खन्दै गरेको नयाँ ट्रयाक, देउराली भन्दा तल गाडी, मोटरसाइकलहरु खासै हिडेका रहेनछन् । अनि बाटो खनेपछि पानी पनि परेको रहेनछ । केही ओरालो मात्र के हिड्ेका थियौ मोटरसाइकलले भुइलाई आराम गर्न पुगिहाल्यो । चोटपटक भने कहिकतै लागेन । अघिसम्म उकालो कसरी चढ्ने भनेर तनाब लिएका हामी अब ओरालो कसरी जाने भन्ने तनाबले पिरोल्न थाल्यो । पानी अझै पनि सिमसिम परिरहेकै थियो । बडो होसियारीका साथ केही ठाउँमा झर्दै, कोही ठाउँमा पछिबाट बाइकलाई अड्याउँदै, लड्दै, उठ्दै लोतबाङसम्म आइपुग्यौ । कुनै कुनै बेला त बाइक आफै सरररर अगाडी जान्थ्यो, बस आफूले बाइक अड्याए पुग्ने, जति साहसिक थियो यात्रा उत्तिनै मजा पनि । बाटो खन्ने डोजरका चालक र अन्य साथीहरुले त्यहाँ टहरा बनाएर बसेका रहेछन् । बाटो तलसम्म नै पुगेपनि हामीले भने सुरक्षा र अन्य सबै दृष्टिकोणले गर्दा बाइक त्यही राखेर जाने निर्णय ग¥यौ । 

एकछिन गोठमा रहेका दाजुभाइसँग गफियौं । तर पानी पर्न भने छाडेको थिएन । गुर्जामा स्थापना गर्ने पर्यटन बोर्ड त्यहाँसम्म त स्कुटरमा जसो तसो लगेका थियौ तर त्यहाँबाट गुर्जासम्म कसरी पु¥याउने समस्या भयो । खच्चडहरु गुर्जासम्म सामान लैजानका लागि आएका रहेछन् । पानी पर्न अझै छाडेको थिएन । साथीहरुले उनीहरुलाई खच्चडमा बोर्ड लैजान आग्रह गर्दा आनाकानी गरेछन् । बोकेर लैजान सक्ने हाम्रो अवस्था थिएन । शाखा अध्यक्षले लौन खच्चड लैजाने भाइलाई भन्दिनु परो भनेपछि म गएर कुरा गरे अनि बल्ल राजी भए । साढे चार बजेतिर खच्चड सँगसगै हामी पनि ओरालो लाग्यौ । जे होस् बाटो तलसम्मै पुगेको रहेछ । हामी भन्दा धेरै अगाडी गएका साथीहरुले बाइक मोटरबाटोको अन्तिम विन्दुसम्म लगेर राख्नु भएको रहेछ । हामीसँग सम्पर्क विहिन भएर उहाँहरु धेरै नै अगाडी गइसक्नु भएको थियो । खच्चड हिडाल्ने भाइहरु अमेश र हरिसँगै गफिदै बाटो कटाउँदै करिब १ घण्टा हिडेपछि खाम्जा खानिमा पुग्यौ । अमेश भाइले विहे गरेको भर्खर १ महिना जति भएको रहेछ, छिटो घर पुग्नलाई खच्चड छिटो छिटो हिडालेको भाइ भनेर जिस्कीयौं । उनले पनि हो मा हो मिलाए, हामी एकैछिन सबै जना खित्का छाड्यौ वातवरण हाँसोमय बन्यो । त्यहाँसम्म पुग्दा हाम्रो टोलि ३ वटा ग्रुपमा विभाजन भइसकेको थियो हिडाइ अनुसार । मसँग सँगै पछ्याउँदै तेजेन्द्र भाइ थिए भने, वीरेन्द्र, खम, विनोद लगायतको टोलि विचमा र सुविन दाइहरुको टोलि अन्तिममा थियो । यतिका बेलासम्म ओरालो झरेका हामी अब भने उकालो हिड्नु पर्ने थियो । उकालो सुरु मात्र के भएको थियो खुट्टाले थाहा पाइहाल्यो । केही उकालो हिडेपछि ६० वर्षिया आमा भिमसरा विक र उहाँको बुहारी भेटिनु भयो ।
त्यो उमेरमा पनि डोको भरी सामान बोक्नु भएको थियो । यही त होला गाउँले जिवन, गाउँको हावापानी र खानपान । हामी भर्खर ३०,३२ का युवाहरु खालि ज्यान हिडाउन निकै गाह्रो भएको थियो । मनमनै भने सायद शरिर शहरिया भएछ । उहाँलाई देखेपछि आफ्नो बाल्यकालका स्मृतिका पानाहरु मानष्पटलमा पल्टन थाले । हुनत हामी पनि गाउँकै हावापानीमा जन्मिएर, त्यहीको माटोसँग मितेरी गास्दै हुर्केका हौं । तर बानी परिवर्तन भएछ । केही दिदी बहिनीहरु तल फाँटमा मकै खन्दै हुनुहुथ्यो । माथि डाँडाबाट चिच्यायौ हामी, उहाँहरु पनि तलबाट चिच्याउनु भयो, सञ्चो विसञ्चो सोध्यौं, उहाँहरुले निकै रहेको जवाफ फर्काउनु भयो । मकै खन्न आउनुस् भनेर बोलाउनु भयो, हामी फेरि आउँछौं भन्यौ ।

फेरि उकालाको रफ्तार बढ्यो । अब भने पानी विस्तारै विदा हुँदै थियो । देउराली भन्दा केही अगाडी पुग्दै गर्दा सप्तरंगी इन्द्रेणी लाग्यो, जुन दृष्य असाध्यै मनमोहक थियो । गुर्जाले ठूलो इन्द्रेणीको गेट बनाएर हामीलाई स्वागत गरेजस्तो आभाष भयो । सानो सानो बच्चा हुँदा गाउँबाट यस्तै इन्द्रेणी देखिथ्यो, तर धेरै वर्षपछि यसरी इन्द्रेणी देखियो । छुट्टै मजा आयो यो दृष्यले । दिनको २ बजे पुग्ने लक्ष्यसहित हिडेका हामी साँझको ५ः५० मा मात्र गुर्जाको देउरालीमा पुगियो । सायद मौसमले पनि कुरा बुझेछ क्यारे, पानी बन्द भएर घाम लागिरहेको थियो । घाम पनि विस्तारै डाडाँमाथिबाट अस्ताउँदै थियो । रातो घाम अनि सुनौलो रंगमा गुर्जा हिमाल निकै मनमोहक अनि आकर्षक देखियो, जस्तो की विहेमा सजिकी दुलही जस्तै । गुजुक्क अनि टम्म मिलेर बनेको गुर्जा गाउँले थप आकर्षण थप्यो । साँच्ची शरिरमा नयाँ उर्जा आएको महसुस भयो । जस्तो सुकै कठिनाई, बाधा अवरोध आएपनि निरन्तर अगाडी बढ्यो भने सफलता हात लाग्छ भन्ने कुराको पुष्टी भयो । हामी त्यहाँ पुगेको झण्डै ३० मिनेटपछि अरु साथीहरु पनि आइपुग्नु भयो । वडा अध्यक्ष झक दाइसँग त्यहा पुगेपछि सम्पर्क भयो । रात पर्न आटेकाले सबै कार्यक्रमहरु भोलिपल्ट गर्ने सल्लाह भयो, अनि हामी सुन्दर अनि आकर्षक गुर्जा गाउँभित्र प्रवेश ग¥यौ । 

झकदाइ, भाउजु र अन्य मानिसहरु हामीलाई स्वागत गर्न बस्नु भएको रहेछ । झकदाइले पीडिँबाट हात हल्लाउनु भयो । उहाँको आँगनमा पुग्यौ । फुलमालाले भव्य स्वागत गर्नु भयो । निकै स्नेहपूर्वक र आत्मीय स्वागत, गुर्जा गाउँको सौन्दर्यता र आतिथ्यताले हामीलाई बाटोमा पाएका पिडा, दुखहरु सबै भुलाईदियो । स्वर्ग कही कतै छ भने यही नै हो जस्तो लाग्यो । भनिन्छ मिलन पछि विछोड हुन्छ अनि दुःख पछि सुख । त्यो अपार दुख सायद यही खुसी र आनन्द पाउनका लागि थियो होला । अनि मनमनै प्रकृतिलाई पनि धन्यवाद दिए । सायद मौसम सफा भएको भए, यात्रा शाहसपूर्ण नभएको भए के यो यात्रा सधै स्मरणमा रहन्थ्यो होला र ? स्मृतिको पाना सधै बस्नका लागि अनि स्मरणीयोग्य यात्रा बनाउनका लागि प्रकृतिले हामीलाई साथ नदिएजस्तो मात्र गरेको महसुस गरे । तातोपानी, चिया अनि मकै र भट्ट टेबलमा आइपुग्यो । उकालो डिहाइको थकान केही भोक अनि गाउँको अर्गानिक खाजा जिव्रोले धेरै लामो समयपछि नयाँ स्वाद पाएकोमा धन्यवाद ज्ञापन ग¥यो ।
साँझ निकैबेर गफियौ झक दाइसँग । गुर्जा मै रहेको पुरानो तामाखानी बाट बनेका तामाका भाडाँहरु दराजमा टम्म मिलेर राखिएको, एक छेउँमा अगेना, गुन्द्रीमा चप्लेटी मारेर वस्नुको मजा नै बेग्दै । कुराकानी र्गै जाँदा गुर्जाका सम्भावनाका बारेमा, गुर्जालाई अन्य जिल्लासँग जोड्न सकिने बाटो, त्यसविचमा हुनसक्ने व्यवसाय, पर्यटन प्रबद्र्धन लगायतका बारेमा धेरै कुराहरु सुनाउनु भयो । हामीलाई पनि निकै उत्साही बनायो । साँच्चै भन्दा एउटा नेतृत्वले चाहने र काम गर्ने हो भने कति काम सकिन्छ भन्ने एउटा उदाहरण पनि हो उहाँ । उहाँकै अथक मेहनत र प्रयासबाट अब केही वर्षमा गुर्जालाई सडकले छुनेछ । तलबाट मोटरबाटो पुग्दा नपुग्दै दबाब स्वरुपमा गुर्जाबाट केही किलोमिटर मोटरबाटो आजभन्दा केही वर्ष अगाडी उहाँकै नेतृत्वमा गाउँलेहरुले खनिसकेका छन् । साँच्चै भन्दा गुर्जा भौगोलिक रुपले मात्र विकट हो ।
नत्र भने उहाँकै पहलमा त्यहाँ इन्टनेर पुगिसकेको छ, फोर जी सञ्चालन भएको छ, त्यहाँका मानिसहरुको आर्थिक अवस्था निकै नै माथि रहेको छ । हामी गुर्जा पुग्ने अनि गुर्जाका करिब २०० युवाहरु यार्चा गुम्बा संकलन गर्न लेकतिर जाने भएछ । गाउँमा साना साना, बालबालिका, बुबाआमाहरु धेरै हुनुहुन्थ्यो । हाम्रो समूहलाई दुई ग्रुपमा बाडेर बास वस्ने व्यवस्था भयो । बर्तमान शाखा अध्यक्ष सहित हामी सबै पूर्व अध्यक्षहरु भmक दाइको घरमा नै वस्यौ, बाँकी अन्य साथीहरु अर्को घरमा । गुर्जामा पुगेपछि बेलुका अर्गानिक खाना हुने नै भयो । पानी नै मिठो, जे खाए पनि मिठो लाग्ने अनि जे खाए पनि पच्ने यहाँको वातावरण नै बडो गजबको । थकानले पनि होला सबै साथीहरु बेडमा पल्टनु भयो म, झक दाइ र सुविन राति झन्डै ११ बजेसम्म तातो आगोको रापमा गफिएर बस्यौ । स्थानीय समस्या, सम्भावनादेखि देश तथा विदेशकासम्म कुराकानी गर्न भ्यायौ । 


चराचुरुङ्गी चिरविर चिरविर आवाज, भालेकोे डाँकोले उज्यालो भएको संकेत गर्दै थियो । विहान ५ बजेतिर निन्द्रादेवीले पनि आफ्नो काँखबाट उठाइन । झ्याल खोरेर बाहिर हेरे झिसमिसे अध्यारोबाट उज्यालो हुँदै थियो । आजभोलि योगमा ज्योडिए पछि त झन विहान नै उठ्ने बानिनै लागेको छ । झ्याल खोलेर बाहिर हेरे आहा मनमोहक डाँडा पहाड, सुन्दर विहानी साँँच्चै यो सौन्दर्यता असाध्यै मनमोहक थियो । सबै साथीहरु मस्त निन्द्रामा नै थिए । उठेर नित्यकर्मपछि गुजागाउँ हेर्न गल्लीहरुभित्र पसे । एउटा भनाइ छ नि “शहरका घर नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँका घर टाढा हुन्छन् मन नजिक हुन्छ” तर यहाँ त घर पनि नजिक मात्र होइन एकदमै नजिक रहेछन् अनि मन, मन को त कुरै नगरौ कति हो कति नजिक । पुरै गाउँका घरभित्र रहेका गल्लीहरुमा ढुंगा विच्छाएर सुन्दर र आकर्षक बाटोहरु बनाइएका । विहानी शुरुवातसँगै केही मानिसहरु धारामा पानी भर्दै थिए, कोही गोठतिर जानका लागि उकाली चढ्दै थिए भने केही मेलापातका लागि अगाडी बढ्दै थिए । घरका धुरीबाट विस्तारै धुवाँ पुत्ताउन थालेका थिए । यो सुन्दर दृष्य साँच्चै लोभलाग्दो र मनमोहक थियो । केही गल्लीहरु छुटे होलान नत्र करिब सबै घर र गल्लीहरु घुमेर फर्किए । साथीहरु उठ्ने क्रम जारी थियो । तातोपानी र चिया तयार थियो । महसँग सातु, चिया अर्गानिक विहानीको खाजा स्वादको कुरै नगरौं । अर्गानिक र मिठो स्वाद पाएपछि जिव्रो पनि निकै हर्षित थियो ।
अझ यसो भनौ न यो विहानी साँच्चै सुन्दर थियो सबै कुराले । रहर अनि मन त गाउँ भन्दा करिब २ घण्टा माथि डाँडामा पुग्न मन थियो, जहाँबाट गुर्जा हिमाल र विभिन्न रेञ्जका ठाउँहरु न्जिकैबाट हेर्न पाईने रहेछ । तर समय अभावले गाउँ भन्दा केही माथि उक्लियौ अनि पुरै गुर्जा हे¥यौ । नयनहरुले शितलता प्राप्त गरे, मनले शान्ति । गुर्जामा पर्यटनको प्रशस्तै सम्भावनाहरु छन् । छन्त्याल जातिको बाहुल्यता रहेको गुर्जालाई होमस्टेमा अझै विकसित गर्दै छन्त्याल जातिको कला र संस्कृतिको म्युजियमका रुपमा विकास गर्ने, पुराना कला संस्कृतिहरु आउने पर्यटकहरुलाई आकर्षकका रुपमा देखाउने, छन्त्याल जातिका पुराना खानेकुराहरुलाई नयाँ परिकारका रुपमा प्रस्तुत गर्ने हो भने पनि पर्यटकलाई आकर्षण गर्न सकिने धेरै सम्भावना रहेछ । 


अघिल्लो दिन गर्ने भनेका कार्यक्रमहरु सहित झन्डै ५,७ वटा विभिन्न कार्यक्रमहरु तय गरेर गएका थियौ तसर्थ हामी माथि डाँडा जान पाएनौ, कार्यक्रमहरु सम्पन्न गर्नका लागि हामीसँग समय एकदमै टाइड भयो । युवा लक्षित तालिम, खेलकुद, पुस्तक हस्तान्तरण, निःशुल्क कम्प्युटर मर्मत जस्ता कार्यक्रमहरु सम्पन्न ग¥यौ । स्थानीय दाल, च्याउँको तरकारीको स्वाद सहित खाना खाएपछि टोलि त्यहाँबाट फर्कियो । देउरालीमा पर्यटन बोर्ड स्थापना ग¥यौ । झक दाइ र अन्य केही स्थानीयहरु हामीसँगै त्यहीसम्म आउनु भयो । जाँदाखेरीको पानी चुटाईले मन चिसो बनाएको थियो, आज पनि पानी नपर्ला भन्ने अवस्था थिएन । दिनको ३,४ बजेपछि पानी पर्ने मौसम देखिएको थियो । त्यसैले हामीले त्यो समय भित्र देउराली कट्ने योजना सहित सबै कार्यक्रमहरु संक्षिप्त बनाएर मनमा रहेका केही रहर थाति राखेर, गुर्जा हिमाललाई फेरी अर्को पटक आउँदा माथि डाँडाबाट नजर जुधाएर इशाराले कुरा गर्ने बाँचा सहित विदाईको हात हल्लायौ । गुर्जाले हामीलाई विदाइ गर्न मानिरहेको थिएन, मन त हाम्रो पनि थिएन त्यसै फर्कन । झक दाइले भन्दै हुनुहुन्थ्यो कमसेकम एक दिन वस्ने गर्ने गरी आउनु भएको भए वल्ल यहाँको स्वाद पाउनुहुन्थ्यो । तर हामी विवश थियौ मनका चाहनाहरु बाँकी राखेर गुर्जालाई विदाइका हात हल्लाउन । 

साथीहरुले घोडा सवार गर्ने इच्छा व्यक्त गरेपछि ८ वटा घोडा व्यवस्था भयो । १२ जना मध्ये ४ जना साथीहरु हिड्ने कुरा भयो । ओरालोमा घोडा चढ्ने कुरा भएन । घोडाले “ओरालोमा मलाई बचाउनु, उकालीमा म बचाउँछु” भन्छ रे भन्ने कुरा सानोमा सुनेको थिए । यसपटक प्रत्यक्ष महसुस गर्ने अवसर प्राप्त भयो । ओरालो बाटो घोडासँगै हामी पनि हिडेर झ¥यौ । ओराली झरी सकेपछि खाम्जाखानीबाट घोडा चढ्न मिल्ने रहेछ । त्यहाँ पनि म, वीरेन्द्र र खम दाइ अगाडी नै थियौ अरु पछाडी आउँदै । घोडा चढाउने भाइले हामी सबैलाई घोडा चढाए । केही घोडा उनीहरुले डो¥याउनु पर्ने रहेछ, संयोगवश मलाई भने नियमित रुपमा मान्छे बोकिरहने घोडा परेछ । विनोद जिलाई परेको घोडा अलि चलाख नै रहेछ उहाँ चढ्ने वित्तिकै घोडा फटाफट हिड्न थाल्यो त्यो पनि झोलुङ्गे पुल माथि, उहाँ झण्डै लड्नु भयो, त्यसपछि आत्तिएर झर्न आट्नु भयो तर घोडा डो¥याउने भाइ र हामीले हौसला दिएपछि विस्तारै अगाडी बढ्यौ, वीरेन्द्रदाई अलि कमजोर घोडा परेछ उहाँ पनि हिड्नु भयो । जब घोडा चढ्यौ फेरि पानीले यात्रा ऐतिहासिक बनाउने संकेत ग¥यो । केही अगाडी मात्र के बढेका थियौ पानी यसरी आयो की हामीलाई अगाडी जाने अनुमति दिईरहेको छैन । ओढ्ने कुरा केही नभएपछि रुझ्नुको त विकल्प नै थिएन । अलिकति ओरालो आउँदा पनि ज्यान नै सिरिङ्ग हुन्थ्यो । साँघुरो बाटो मनमा डर त लाग्ने नै भयो त्यसमा पनि पहिलो पटक यात्रा गर्नुछ । तर हिडीरहेका घोडाहरुले हामीलाई सकुशल अगाडी बढाउँदै लगे ।
पानीमा यति मजासँग भिजियो की अब फेरी पनि पानीको कुरा ग¥यो वा आकाशमा पानी पर्न आट्यो भने त्यही यात्राको चित्रहरु स्मृतिमा आउने गरी । लोतबाङ पुगेको धेरै समयसम्म पनि पानी परिनै रह्यो । सबैले बाइक चेक ग¥यौ डर थियो कतै स्टार्ट नहुने त होइन तर सबै बाइक स्टार्ट भएपछि आनन्दको सास फे¥यौ । अब तनाब थियो कसरी देउरालीसम्म पुग्ने । हिजो ओरालोमा कसरी आयौ भन्ने कुरा मनमा मात्र थाहा थियो । तल बाइक लगेर राखेका देबेन्द्र जिहरुलाई धेरै बेर कु¥यौ तर उहाँहरुको अत्तो पत्तो भएन । फोन सम्पर्क, वा अन्य सम्पर्क केही हुने अवस्था थिएन। झन्डै १ घण्टा त्यही कु¥यौ । अति भएपछि मैले बाइक लिएर अलि तलसम्म पुगेर हेरे बाटोमा बाइकको टायरको छाप देखेपछि पक्का भयो की उहाँहरु फेरि पनि हामीलाई त्यही छाडेर अगाडी जानु भयो । बाटोको अवस्थाले सिंगल बाइकमा हामी चालकहरु जाने पछाडी बस्ने साथीहरु हिड्दै छोटो बाटोबाट देउरालीसम्म जाने सल्लाह भयो । अनि हामी बाइक लिएर उकालो अघि बढ्यौ ।
केही बाटो त सहजै गयौ तर अलि माथि पुगेपछि न त बाइकको टायर अडिन्थ्यो न त मान्छेका खुट्टा । हामी माथि जाने प्रयास गथ्र्यौ बाटोले तल नै धकेल्थ्यो । केही साथीहरुले पछिबाट धकेल्ने, बाइकबाट ओर्लिएर चलाउने गरेर बडो मुस्किलका साथ त्यो अप्ठ्यारो बाटो पार ग¥यौ । झण्डै ३,४ ठाउँमा बडो कठिनाईका साथ बाटो कटायौं । करिब ४ बजे बल्ल देउरालीमा पुग्यौ । हामी त पुग्यौ तर सुविन, खम दाई अनि खगेन्द्र जि हिडेर आउँदै हुनुहुन्थ्यो । करिब डेढ घण्टा कुरेपछि बडो थकित अवस्थामा उहाँहरु पनि आइपुग्नु भयो । उहाँहरु छोटो बाटो हिडेर आउने भनेर छाडेर आएका थियौ, तर उहाँहरु त बाटो हराईन्छ भनेर मोटर बाटै बाटो आउनु भएछ । खमलाई उकालोमा निकै गाह्रो भएछ । एकछिन हामीसँग रिसाउनु पनि भयो, लिन आउन पदैन भनेर । तर हामी उहाँहरुले गोरेटो बाटो आउनुहुन्छ भनेर कुरिहेका थियौ । तातोतातो चाउँचाउ र अण्डामा टिम्मुर राखेर सुप खुवाएपछि केही सहज भयो । उहाँहरुले आराम गरेपछि खाजा खाएर यात्रा अगाडी बढायौ । पानी विस्तारै कम हुँदै थियो । अघिल्लो दिन पनि यही देउरालीबाट पानीले भिजाउँदै लगेको थियो र भोलिपल्ट पनि पानीले त्यही सम्मै रुझायो । मनैमनले भन्यो गुर्जाबाट पानी अघिल्लो दिन त्यहीसम्म लिन आयो अनि आज पनि यहीसम्म रुझाउँदै लिएर छाड्यो । 



मौसम अनि देउरालीलाई मनमनै धन्यवाद दिए, पानी रोकिएर मौसम खुलेकोमा । आकाश पुरै सफा देखियो, वातावरण हरियाली, निश्चल आवा । यात्रा स्मरणीय र ऐतिहासिक बन्यो । अघिल्लो दिन जाँदासम्म ठीक भएकोे बाटो फर्कदा भने बाटोको पुरै माटो बगाएर गेगर मात्र बाँकी थियो । पानी कति ठूलो परेछ भन्ने कुराको प्रमाण बाटोले पेश गरीरहेको थियो । अगाडी जाने साथीहरु गइ नै हाल्नु भयो तर बाँकी रहेका हामी सँगसँगै विस्तारै यात्रा बेनीतिर बढायौ । फर्कदा पनि बाइकको फुट ब्रेकले धोका दियो बडो सजगताका साथ पानी हाल्दै हिड्दै लमसुङ ओरालो कट्यौ । विनोदजीले ताकममा बस्ने प्रस्ताव गर्दै हुनुहुन्थ्यो । तर हाम्रो योजना बेनी नै पुग्ने थियो, त्यसैले निकै रफ्तारमा मोटरसाईकलका टायरहरु गुड्दै थिए, अनि हामी पनि त्यही टायरको स्पिडमा । 

बाटोभरी जाँदा आउँदा भोगेका पीडा, महसुस गरेका अनुभूतिहरु मतिष्कमा एकपछि अर्को गर्दै स्मृतिका पानाहरु पल्टदै थिए । गुर्जाको सम्झना मुटुभरी साँचेर, बाटोमा भोगेका कठिनाइहरुलाई दुख भन्दा साहसिक यात्राको अवसरको रुपमा ग्रहण गरेर, गुर्जावासीको माया र स्वागतलाई कहिल्यै पनि नमेटीने गरी स्मृतिका पानीहरुमा सुरक्षित गर्दै, त्यो सुन्दर वातावरण, खुल्ला आकाशलाई हृदयमा साँचेर अर्को पटक गुर्जासम्मै गाडी पुग्ने अपेक्षा अनि गुर्जा हिमाल हेर्नका लागि माथी डाँडासम्म पुग्ने योजना सहित रातको करिब १ बजे बेनी आएर टक्क रोकियो बेनी–गुर्जा एक्सप्रेस । यात्राका सारथीहरु, झमझम भरी, भोगाईहरु अनि प्रिय गुर्जा सधै यो स्मृतिमा रही रहनेछ । गुर्जाले हामीलाई जुन उर्जा दिएको छ, त्यो जिवन्त रहनेछ, जसरी अमर रहनेछन् यी स्मृतिहरु । 
