यूएई शहरमा नेपाली युवतीको यौन ग्राहक पाकिस्तानी र बंगाली (मैले जे देखें)

  • २० कार्तिक २०७३, शनिबार
  • 2451 पटक पढिएको

बालुवामाथिको शहरमा यसरी लुटिन्छ नेपाली युवतीको अस्मिता

सन्तकुमार चौधरी,
अघिल्लो दिन दिनभर झुमेरा पार्क स्थित समुन्द्रमा सुइमिङ गरेकाले म थकित भएर ओच्छ्यानमा लडिरेहेको थिए । साथीहरु मध्ये केही सपिङ गर्न नजिकैको लुलु मार्केट तर्फ लागेका थिए त कोही नेपाली रेष्टुन्ट तर्फ मःम चाउमिन खान गएका थिए । त्यति बेला म एक्लै कोठामा थिए । दिउँसोको करिब १२ बज्नै लागेको थियो । बाहिरवाट ढकढक ढकढक ढोकामा आवाज आयो । ‘ ढोका खुल्लै छ’– भने । ढोका खोल्दै एउटी अपरिचित युवतीले नेपालीमै सोधिन – ‘ तपाई नेपाली हो ?’ हजुर भन्न मैले नपाउँदै ढोका ढ्याप्पै बन्द गरेर बाहिरै हराईन । हामी बस्ने घरमा प्राय सबै पुरुषहरुमाथी बस्छन् । महिलाहरु खासै देखिदैनन् ।

मैले सोचें । एउटा पराई मुलुकमा अकस्मात नेपाली युवती देखिनु मलाई उत्सुकता लाग्यो । कतै समस्यामा परेर नेपालीहरु खोज्दै हिडेकी त होइनन् ? यस्तै यस्तै मनमा कुराहरु खेल्न थाल्यो । ढोका खोलेर बाहिर निस्कीएँ । सबैजसो कोठाका ढोकाहरु बन्द थिए । छिमेकी कोठामा बस्ने पाकिस्तानी युवाहरु मात्रै बाहिर थिए ।
मैले बाटोतिर समेत आँखा डुलाएँ । तर ति नेपाली युवती कतै देखिएनन । फेरी ढोका लगाएर कोठाभित्र पसें । एकैछिन पछि सपिङका लागि गएका साथीहरु कोठामा फर्कीए । मैले कोठामा नेपाली खोज्दै ढोका ढकढक्याउने युवतीको बारेमा साथीहरुलाई सुनाए । उनीहरुले खासै महत्व दिएनन् । कोही तास खेल्न बसें । कोही फेसबुकमा व्यस्त भए । म पनि तास खेल्न बसेकाहरुकै आडमा बसेर उनीहरुले नै ल्याइदिएको क्यानजुस पिउँदै तास हेर्न थालें । दिउँसोको ३ बज्नै लागेको थियो । कोही समुन्द्र नुहाउन जाउँ भन्दै थिए, त कोही आजमानको बसपार्क घुम्न जाउँ भन्दै थिए । युएईको सातवटा स्टेट मध्ये हामी आजमानमा बस्थ्यौं । आजमानको बसपार्क परिसर ठूलो र खुल्ला चौर भएकाले धेरैजसो नेपालीहरु त्यो ठाउँमा भेटिन्छन् । हामी आजमानकै बसपार्क जाने निर्णय गर्यो । म कोठावाट बाहिर निस्कीएँ । पल्लोकोठाबाट एकजना झण्डै २२–२३ वर्ष उमेरकी युवती निस्कीदै थिइन । कोठा बाहिर बसेका ८–१० जना युवाहरुको भीड त्यस युवती तर्फ केन्द्रीत थियो । पाकिस्तानीहरु बस्ने कोठाबाट निस्कीएकी ति युवती जानि नजानि हिन्दीमा कुरा गर्दै थिइन । आज में थोडा बिजी हुँ, कल आँजाएगें फिर ( आज म थोरै व्यस्त छु भोली आउँछ फेरी ) ।

म अच्चममा परें ! उनीहरुबीचको दोहोरो संवाद र ढोकाबाहिर देखिएका युवाहरुको झुण्डको बारेमा खासै बुझिन । युवती त्यहाँबाट निस्कीन् । म ति युवतीले जानि न जानि बोल्दै गरेको हिन्दी र त्यहाँ बसेका युवाहरुको भीड हेरिरहें । बाहिर ति युवतीलाई पिकअप गर्न कालो रङको कार तयारी अवस्थामा थियो । त्यति बेला सम्म बसपार्क जानका लागि सबै साथीहरु कोठाबाट बारिह निस्कीसकेका थिए । उनी कालो कपाल माथी सिउँरिदै बाहिरीन । कारमा चढेर उनी कता गइन हामी कसैलाई पनि अतोपत्तो भएन । उनी कार चढेर हिडेलगतै पल्लो कोठामा बस्ने एकजना बंगाली आएर हामी सँगै ति युवतीको नम्बर माग्दै थिए । बल्ल थाह पाए हाम्रो कोठा ढोकाढकढक्याउने तिनै युवती रहिछें । उनी नेपाली हुन । पाकिस्तानीको कोठामा यौन प्यास मेटाउन आएकी रहिछन् । पाकिस्तानीको कोठा भनेर झुक्कीएर नेपालीको ढोका ढक्ढक्याउन पुगेकी रहिछ । एउटी नेपाली युवती पराई मुलुकमा पराई मुलुककै दर्जनौं युवाहरु सँग बन्द कोठामा बसेर घण्टौं समय विताएको देख्दा खिन्नता महशुस भयो । हामी मन नमिठो बनाई बसपार्कतिर लाग्यौं ।

पर्सीपल्ट विहान ११ बजेतिर पश्चिम नेपाल वैतडीका दुईजना साथीहरु कानेखुसी गर्दै कोठाभित्र छिरें । म मोबाइलमा न्यूज पढ्दै थिए । पश्चिम नेपालका तीनजना साथीहरु विगत एक महिनादेखिसँगै कोठामा बस्दै आएका थिए । अस्ती आएकी नेपाली केटी आज बंगालीको कोठामा आइछे भन्दै हाँसोको फोहोरा निकालें । जिस्कीएर भने झै लाग्यो मलाई । केही युृवाहरु बाहिर निस्कीए उनलाई हेर्न । उनीहरु पनि कोठामा छिरेर उनको बारेमा खासखुस कुरा गर्न थालें । अझै विस्वास लागेन म ओच्छ्यानबाट उठेर बाहिर निस्कीएँ । त्यति बेला सम्म उनी बंगालीको कोठा भित्र छिरि सकेकी रहेछिन् । कोठाको बाहिर बसेर हामीले त्यहाँको दृश्य हेरिरह्यौं । कोठामा पालैपालो दर्जनौं बंगालीहरु प्रवेश गरें । झण्डै आधाघण्टा पछि म कोठाभित्र छिरें । उनीहरुको चर्तीकला देखेर वाक्क भए । बैतडीका साथीहरु बाहिरै थिए । मलाई ति युवती नेपाली हो या होइन भन्नेमा शंका थियो । म कोठामा छिरें । कोठामा छिरेर फेसबुक म्यासेन्जरमा भएका साथीहरु सँग गफिन थालें। पछि वैतडीका एकजना साथी कोठाभित्र आयो । बंगालीको कोठाबाट निस्कीएर पाकिस्तानीको कोठामा प्रवेश गरिन रे । यस्तै यस्तै सुनाउँदै थियो । मैले खासै वास्ता गरिन् । म्यासेन्जरमा गफ गर्दा गर्दै निदाएछु ।

अपरान्ह ५ बजे तिर बाहिर निकै चर्का चर्की स्वरले आवाज आएका कारण निन्द्रा खुल्यो । कोठामा म एक्लै रहेछु । के भएको रहेछ झ्याल खोलेर बाहिर हेरें । अरु सबै कोठाबाहिर रहेछन् । हाम्रा नेपाली साथीहरुलाई पाकिस्तानीहरुले धकेलधुकुल गरिरहेको दृश्य देखेंँ । म पनि हतार हतारमा बाहिरिँए । त्यति बेला सम्म वरिपरिका सबैजसो बाहिर निस्कीसकेका रहेछन् । मान्छेहरु घरको भ्यालढोका खोलेर घरका माथिबाट समेत त्यहाँको दृश्य हेरिरका थिएँ । अघि बंगाली र पाकिस्तानीको कोठामा बस्ने युवती नेपालीमै बाहिर बसिरहेका नेपाली साथीहरुलाई गालि गर्दै थिइन । पाकिस्तानी उनको बचावटमा नेपालीहरु प्रति जाई लाग्दै धम्की दिइरहेका थिए । मैले बाहिर बसेका नेपालीहरुलाई कोठाभित्र लैजान प्रयास गरें । ति युवतीले भन्दै थिइन – ‘ म जे सुकै गरौं – तिम्रो बाको के खाई दिएको छु र ? बंगालीहरु खासै बोलेनन् । तर पाकिस्तानीहरु भने ति युवतीको बारेमा नराम्रो बोले नराम्रो हुने चेतावनी दिँदै थिए । झगडाले उग्ररुप लिन्छ जस्तो लाग्यो हामी सामान्य भयौं र कोठा भित्र प्रवेश गर्यो । झगडाको कारण हामी कोठामा प्रवेश गरेपछि मात्रै थाह भयो । बाहिर निस्कीन लागेकी युवतीलाई नेपाली भएर यस्तो गर्न नहुने बैनि भन्दा उनी नेपालीमाथी जाइ लागेकी थिइन् । पाकिस्तानीहरुलाई बोलाएर यिनीहरुले मलाई रण्डी भनेर मलाई गिराउने प्रयास गरेको आरोप लगाएपछि नेपालीहरु प्रति पाकिस्तानीहरु जाई लागेका थिए ।

युएइ पुगेको सातौं दिन मैले यो दृश्य सँग सामना गर्नुपर्यो । झण्डै एक महिना युएइको बसाईमा ति युवती जस्तै अन्य कयौं व्यवसायिक रुपमा यौन धन्दा गर्ने नेपाली युवतिहरु देखें । केही नेपाली युवतीहरु पार्ट टाइमको रुपमा यौन पेशालाई अंगाल्ने गरेका रहेछन् । तर त्यो भन्दा कयौं धेरै महिलाहरु १२ घण्टा मजदुरी गरेर पनि सामाजिक संघ संस्थामा सक्रिय रहेको देखें । नेपालमा बस्नेहरुलाई दुख्दा युएइको राफिलो घाममुनि बालुवाको ढिस्कोमा बसेर मजदुरी गरिरहेका दिदी बहिनीलाई पनि दुख्दो रहेछ ।

खास गरि राष्ट्रियता माथी धेरै चिन्ता र चासो जनाउँदा रहेछन् । झापाकी सकुन्तला थापाका अनुसार नेपालीहरुले पाएको पीडामा युएइमा बस्ने नेपालीहरुले धेरै सहयोग गर्दै आएका छन् । उद्धार देखि राहत संकलन सम्ममा महिलाहरु अगाडी छन् । कुनै नेपाली अस्पतालका शैयामा पैसाकै अभावमा मृत्युसँग संघर्ष गर्दै गरेको समाचार प्राप्त भए लगतै सक्रिय संघ संस्था मार्फत सहयोग संकलन गरेर पठाउने गरिएको छ । थापा विगत ८ वर्षदेखि युएइको आजमान शहरमै बस्दै आएकी छिन् । साभार : सन्तकुमार ब्लगबाट