गायिका जेनिशा छन्त्यालको ‘रक्सी कोदोको’म्युजिक भिडियो सार्वजनिक

  • १० चैत्र २०८१, सोमबार
  • 639 पटक पढिएको

अस्ट्रेलियालाई कर्मथलो बनाएकी लोक गायिका जेनिशा छन्त्यालले ‘रक्सी कोदोको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

 

जेनिशा छन्त्याल युट्युब च्यानलबाट सार्वजनिक गीतमा जेनिशालाई रेशम निर्दोषले स्वरमा साथ दिएका छन् ।  शिव हमालको लय रहेको गीतको म्युजिक भिडियोमा सुस्मिता छन्त्याल र मनोज गुरुङले अभिनय गरेका छन् । म्याग्दीको मल्कबाङमा जन्मेर हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएकी गायिका छन्त्यालले गीत र म्युजिक भिडियो मार्फत ग्रामिण संस्कार र परम्परालाई जीवन्त तुल्याउने प्रयास गरेकी छन् ।